- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरनिःशुल्क स्वास्थ्य शिविर

निःशुल्क स्वास्थ्य शिविर

- Advertisement -spot_img

बबई, १९ फागुन । राप्ती विश्वास बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर शनिबार बवई गाउँपालिका वडा नं ३ हंसपुरमा भएको हो ।
पाल्पाली पोलिक्लिनिक प्रालिको प्राविधिक सहयोग एवं राप्ती विश्वासी साकोसको महिला तथा युवा उपसमिति, बबई गाउँपालिका र पुरन्धारा स्वास्थ्य चौकीको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो ।
साकोस महिला तथा युवा उपसमिति संयोजक मञ्जु आचार्यको अध्यक्षता तथा बबई गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नन्दलाल वलीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको शिविरमा २ सय ५८ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।
शिविरमा डा. राजिव झा, डा. नसिम आक्लामी र स्त्री रोग विशेषज्ञ निलम सुवेदीद्वारा बिरामीहरूको स्वास्थ्य चेकजाँच गरिएको थियो ।
बबई सेवा केन्द्र व्यवस्थापक जिवाकली भुसालको स्वागत मन्तव्यबाट सुरू भएको शिविरको सहजीकरण युवा उपसमिति सदस्य धु्रव आचार्यले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here