- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsमहिला सहभागिता बढाउनुपर्नेमा जोड

महिला सहभागिता बढाउनुपर्नेमा जोड

- Advertisement -spot_img

दंगीशरण, १९ फागुन । राज्यले हरेक क्षेत्रमा महिला सहभागितालाई बढाउनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा महिला सहभागिता बढाउनु पर्ने ब्यवस्था गरेको भएपनि स्थानीय तहमा उक्त ब्यवस्था कार्यान्वयन हुन नसेकेको उनीहरूले गुनासो गरेका छन् ।
दंगीशरण गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण इकाई शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा भएको दुईदिने अभिमुखीकरण कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
अझैपनि स्थानीय तहमा लैङ्गिक समानता हुन नसकेको भन्दै उनीहरूले महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन् ।
लिङ्ग र नेतृत्वका आधारमा महिलाहरूलाई समाजले अझैपनि पछाडि धकेल्ने प्रयास गरिरहेको भन्दै स्थानीय पालिकाले लैङ्गिक समानतामा जोड दिन आवश्यक रहेको उनीहरूले बताए ।
गाउँघरमा उपलव्ध श्रोत साधनको प्रयोग गरी आत्मनिर्भर बन्ने खोजे पनि घरपरिवार र गाउँ समाजले खुलेर बाहिर आउन नदिएको उनीहरूको गुनासो छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले समान जनसहभागिताका लागि गाउँपालिका सधै सकारात्मक भएको बताए । उनले पालिकाभित्र रहेका नागरिकहरूको आर्थिक स्थिति सुधार गर्नुपर्ने आवश्यक रहेको बताए ।
‘अबको आर्थिक उपार्जन भनेको विज्ञान प्रविधि हो’ उनले भने ‘नागरिकहरूसँग सहकार्य र समन्वय गरी अबको लगानीलाई कृषिमा जोड्ने छौँ ।’
यस्तै गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले महिलाहरूको आर्थिक स्थितिमा सुधार ल्याउन आवश्यक रहेको बताईन् । महिलामाथि हुने विभिन्न खालका विभेदको अन्त्य गर्नका लागि महिला स्वयम् सचेत हुन जरूरी रहेको बताईन् ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका कार्यक्रम अधिकृत किरण पोख्रेलले लैङ्गिक विभेदमा आधारित शिक्षा, नेतृत्व तह र सञ्चार सिपहरू, लैङ्गिकतामा आधारित हिंसा÷लैङ्गिक भूमिका, ग्रामीण ब्यवसायका फाईदालगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
यस्तै लमही उपमहानगरपालिकाका अधिकृत तेजा गैरेले परिवार नियोजन भनेको के हो ? यसका साधन, गर्भपतन हुने कारण, बाँझोपन, प्रजनन् अधिकार, रोकथाम तथा ब्यवस्थापन, बचत किन गर्ने, बचतको आवश्यकतालगायतका विषयमा प्रशिक्षण दिएकी थिईन ।
महिला बालबालिका तथा समाज कल्याण इकाई शाखा प्रमुख सुनकुमारी घर्तीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएकी थिईन् भने कार्यक्रमको सहजीकरण इकाई शाखा उपप्रमुख चन्द्रा वलीले गरेकी थिईन् ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा सती महिला बचत ऋण सहकारी संस्था र सूर्यकिरण महिला बचत ऋण सहकारी संस्थाका करिब ४० जना महिला सदस्यहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here