Saturday, April 13, 2024
Homeफिचरसहकारीको साधारणसभा

सहकारीको साधारणसभा

- Advertisement -spot_img

गढवा, १९ फागुन । पृथ्वी कृषि सहकारी संस्था लिमिटेड गढवा–३ को वार्षिक साधारणसभा भएको छ । संस्थाका अध्यक्ष तिलक बहादुर घिमिरेको सभापतित्व तथा प्रदेश नं ५ का
प्रदेशसभा सदस्य ईन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पृथ्वी कृषि सहकारी स्थापना भएको सानो समयमा गढवा गाउपालिकाको पूर्वी क्षेत्रमा सेवाग्राही तथा किसानको मन जितेर सेवा प्रवाह गरिरहेको बताउँदै आगामी दिनमा सहकारीमार्फत सामूहिक कृषि कार्य गर्न सुझाएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य ईन्द्रजित थारुले सहकारीले गढवा गाउँपालिकाको पूर्वी क्षेत्रमा पाँच वर्षको अवधिमा दूग्ध संकलन तथा बिक्री वितरण कार्यमा मात्र सीमित रहेकोले अब आउने दिनहरुमा कृषि क्षेत्रको व्यावसायिक तरकारी खेती, च्याउ उत्पादन, केरा खेती बेमौसमी तरकारी खेतीजस्ता आयआर्जनमूलक कार्य जग्गाको चक्लाबन्दी गरेर गर्न सुझाव दिए ।

उनले अब किसानले कृषि क्रान्ति गर्ने दिन आएको बताउँदै वैज्ञानिक तथा आधुनिक कृषि यन्त्रको प्रयोग गरी खेती गर्नाले कम लागतमा उच्चतम उत्पादन गर्न सकिने बताउँदै किसानहरुले आधुनिक कृषि प्रणाली अपनाउनुपर्ने बताए ।
त्यसै गरी विशिष्ठ अतिथि तथा गढवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष तुलसीराम अधिकारीले सहकारीले अबको दिनमा कृषकलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम गर्नेतर्फ जोड गर्नुपर्ने बताए ।
साधारणसभामा सहकारीका सचिव सूर्य प्रकाश शर्माले २५ लाख ६७ हजार ७ सय ९७ रुपैयाँ बराबरको आय–व्यय भएको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक माधवप्रसाद पोख्रेलले आर्थिक लेख परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा धैरेनी रतनपुर खानेपानीका समितिका सचिव भूमि प्रसाद शर्मा, दुर्गा सामुदायिक वनका तुलाराम विक, सरस्वती मावि विद्यानगर गोवरडिहाका विव्यस अध्यक्ष यमनारायण पोख्रेल, साना किसान कृषि सहकारीका अध्यक्ष राम स्वरुप वर्मा,
साना किसान लघुवित्त काठमाडौँका केदारबाबु तिवारी, समनता सहकारीका दुर्गा बहादुर विकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै सहकारीको सल्लाहकारमा सवजित घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अमरराज शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here