Thursday, April 18, 2024
Homeमुख्य खबरविजौरी उवासंघको बैठक

विजौरी उवासंघको बैठक

- Advertisement -spot_img

विजौरी, १८ फागुन । विजौरी उद्योग वाणिज्य संघको दोस्रो बैठक शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकार चयन गरेको छ ।
बैठकले संघको प्रेस सल्लाहकारमा राकेश बस्नेतलाई चयन गरेको छ । यस्तै कानुनी सल्लाहकारमा अधिवक्ता ललित कुमार केसी र सल्लाहकारमा कमानसिंह खड्कालाई चयन गरेको छ ।
बजार क्षेत्रको व्यवस्थापन र प्रभावकारी नेतृत्वका लागि बैठकले छवटा उपसमितिसमेत गठन गरेको छ । बैठकले दुर्गा बस्नेतको संयोजकत्वमा बजार व्यवस्थापन उपसमिति गठन गरेको छ ।
यस्तै शिवराज केसीको संयोजकत्वमा विवाद व्यवस्थापन उसमिति गठन गरेको छ । बैठकले चित्रबहादुर खड्काको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, रेश्मीराज खड्काको संयोजकत्वमा राजस्व व्यवस्थापन उपसमिति र बालकृष्ण रेग्मीको संयोजकत्वमा अथिति व्यवस्थापन उपसमिति गठन गरेको छ ।
यसैगरी बैठकले विजौरी बजारको पहिचानका लागि आगामी वर्षको भित्तेपात्रो प्रकाशन गर्ने भएको छ । जसका लागि संघका अध्यक्ष योगीको संयोजकत्वमा क्यालेन्डर प्रकाशन उपसमितिमा गठन गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here