- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरधार्मिक प्रवचन कार्यक्रम

धार्मिक प्रवचन कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, १९ फागुन । तुलसीपुरमा शनिबार धार्मिक प्रवचन कार्यक्रम गरिएको छ । बृद्ध सेवा समिति जेष्ठ नागरिक समाजको आयोजनामा एकदिने धार्मिक प्रवचन भएको हो ।
समाजका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता एवं भूवनेश्वर आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिवरात्री, कालरात्री र मोहरात्रीको बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा कालीराम भुसाल, राधेश्याम उपाध्यायलगायतले धर्मले विश्वमा शान्ति, भाइचारा, अनुशासनलाई स्थापना गर्दै आएकाले धर्मको संरक्षण र पालन गर्न अनिवार्य रहेको बताएका थिए । बसन्त कुमार खड्गीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण झग्गुप्रसाद गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here