- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसमाज‘संस्कार’ कविता संग्रहको लोकार्पण

‘संस्कार’ कविता संग्रहको लोकार्पण

- Advertisement -spot_img

घोराही, १९ फागुन । साहित्यका हरिप्रसाद पाण्डेको दोस्रो कृति ‘संस्कार’ कविता संग्रहको लोकार्पण गरिएको छ । लेखक संघ दाङले साहित्यीक समारोहको आयोजना गरी साहित्यकार पाण्डेयद्वारा लिखित कविता संग्रहको लोकार्पण गरिएको हो ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले उक्त कृतिको लोकार्पण गरेका थिए । कार्यक्रममा प्रलेस दाङका अध्यक्ष एवं साहित्यकार भुवन देवकोटा ‘शरद’ र डा.कृष्णराज डिसीले समीक्षा गरेका थिए ।
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष पुरूषोत्तम खनाल, प्रलेस नेपालका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम,
नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक प्रताप रेग्मी, साहित्यकार भीमकान्त शर्मा आचार्य, भोलानाथ योगी, डा. हिमलाल पन्थी, प्रा.गदाधर पौडेल, नेपाल सरकारका पूर्व सहसचिव रमेशकुमार अधिकारीलगायतले शुभेच्छा प्रकट गरेका थिए ।
पुस्तकका लेखक हरिप्रसाद पाण्डेयले उपस्थित सबैप्रति कृतज्ञता प्रकट गरेका थिए । लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण साहित्यकार रमेश पाण्डेयले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here