- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयग्राम संरक्षण गर

ग्राम संरक्षण गर

- Advertisement -spot_img

तत्कालिन अवस्थामा जिल्ला विकास समिति पर्यटन प्रवद्र्धन र स्थानीय जातीय चिनारीका लागि धेरै ठाउँमा लगानी गरेको थियो । जातीय बाहुलक्षेत्रमा त्यही जातिसँग सम्बन्धित ग्रामहरू स्थापना पनि धमाधम भए ।
त्यतिबेलाको सरकारले पनि नेपालभरी प्रायः धेरै स्थानहरूमा जातीय ग्रामको विकास गरेकै देखिन्छ ।
कति त्यस्ता ग्रामहरू अहिलेसम्म रहिरहेका छन् भने कति गुमनाम छन् । प्रयोगमा पनि छैन र अस्तित्वमा पनि छैनन् । यस्तो अवस्था ल्याउनबाट रोक्नुपर्छ ।
जातीय, धार्मिक, परम्परागत, साँस्कृतिक महत्व बोकेका त्यस्ता जातीय ग्रामहरूलाई संरक्षण गर्नु दायित्व हो । विनाकारण राज्य व्यवस्था ।
संरचना फेरिएको नाममा संस्कृति र परम्परा जोडिएका जातीय ग्रामहरू लोप हुनु हुँदैन । यसको संरक्षणमा राज्य, स्थानीय सरकार र स्थानीय जुट्नु पर्छ ।
तत्कालिन जिल्ला विकास समिति र स्थानीय निकायको पहलमा स्थापना भएका दाङका जातीय ग्रामहरू अहिले बन्द हुने अवस्थामा पुगेका छन् ।
तत्कालिन अवस्थामा थारूग्राम, मगरग्राम, अवधीग्राम लगायतका ग्रामहरू स्थापना भएका थिए । जसमा अहिले घोराही–७ सिसहनियामा रहेको थारूग्राम उपयोग नभएको र पूर्वाधार त्यतिकै खेर गएको सार्वजनिक हुनुले पनि ग्रामहरूको संरक्षण आवश्यक देखाएको छ ।
थारूग्रामले इतिहास बोलेको थियो, लाखांै खर्च गरेर स्थापना भएको थियो । तर त्यसको संरक्षण नहुँदा लगानी मात्रै हैन इतिहास बुझ्ने ठाउँको समेत लोप हुने देखिन्छ । यो अवस्था आउनु दुखद् हो ।
थारू संस्कृतिको पूर्ण जानकारी दिने उद्देश्यले स्थापना गरिएको नमुना थारूग्राम बन्द हुनु थारू जातिका लागि मात्रै नभएर स्थानीय सरकारको एउटा उपलब्धि समेत गुम्नु जस्तै हो । विगतका भएका राम्रा प्रयासको संरक्षण गर्न नसक्नु स्थानीय सरकारको कमजोरी मात्रै हैन लापरबाही पनि हो भन्ने सकिन्छ ।
थारू समुदायको बाहुल्यता रहेको र मौलिक संस्कृति सम्पदाको पनि धनी मानिएको थारू समुदायको चिनारीका लागि निर्माण गएको नमुना थारूग्रामलाई स्थानीय सरकाले संरक्षण गर्नुपर्छ ।
निर्माण भएको सयौ वर्ष रहने सक्ने यस्ताखाले सभ्यतालाई एक दशकमै लोपोन्मुख गराउनु हुँदैन । यसतर्फ ध्यान जानैपर्छ ।
२०६५ सालमा निर्माण गरिएको थारूग्रामलाई दिर्घजीवि बनाउनेतर्फ सोच्नुपर्छ स्थानीय सरकारले त्यो भूमिका निर्वाह गर्नुपर्छ । अनि मात्रै जातीय ग्राममा रूपमा स्थापना भएका र गरिएका संरचनाले जीवन्त पाउने छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here