Saturday, March 15, 2025
Homebreaking-newsएनजिओको भर ठूला होटल

एनजिओको भर ठूला होटल

- Advertisement -spot_img

दाङ, १८ फागुन ।
दाङमा केही समयमा पहिलादेखि होटलमा लगानी बढ्यो । आधुनिक सेवा सुविधासहित होटलहरू सञ्चालनमा आए । दाङमा स्थायी राजधानीको टाग्रेट गरेर नै होटलहरू स्थापना भए । तर ति होटलहरू अहिले कसरी धान्ने ? भन्ने विषयमा चिन्ताजनक छ । लगानीअनुसारको आम्दानी नहुँदा होटल सञ्चालकहरूलाई पिरोलेको छ ।
दाङमा न स्थानीय राजधानी तोक्न सकिएको छ न त होटललाई व्यवसायीकरूपमा फस्टाउनको लागि पर्यटक तान्नको लागि कुनै प्याकेज कार्यक्रम नै छ । भ्रमण वर्ष २०२० भने पनि पर्यटकलाई तान्नको लागि न कुनै प्योकज कार्यक्रमहरू नै छन् । हिजोआज ति ठूला होटलहरू कसरी चलेका छन् ? भनेर सोध्ने हो भने एउटै जवाफ आउँछ ‘एनजिओका कार्यक्रमहरू । हो यसरी नै धानिएका छन् जिल्लाका ठूला–ठूला होटलहरू ।
‘राजधानीको टाग्रेट गरेर नै होटल स्थापना गरिएको हो तर राजधानी भएन्, मालाईन होटलका निर्देशक ओविन्द्र महराले भने ‘गैर सरकारी तथा सरकारी कार्यालयका कार्यक्रमहरूले नै धानेको छन् ।’ प्रदेश राजधानीलाई टार्गेट गरेर पाँचवटा हल निर्माण गरिएको छ । ‘कार्यक्रम आयोजकका कर्मचारीहरू सीमित समयको लागि आएर फर्किन्छन्’ उनले भने ‘बाह्य पर्यटकहरू तान्न सके आर्थिक विकास हुन्थ्यो ।’ पर्यटन क्षेत्रको विकास नहुँदा नै दाङका पर्यटक तान्न नसकिएको उनले बताए ।
‘दाङको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र विकास हुन सकिरहेको छैन, पर्यटकलाई केही दिन पर्यटन क्षेत्रमा घुमाएर बसाल्ने वातावरण नै छैन्’ उनले भने ‘बिहान आएर साँझ फकिर्ने पर्ने बाध्यता छ, अनि कसरी फस्टाउँछन् त होटल अनि पर्यटक व्यवसायी ?’ अहिलेसम्म गैर सरकारी र सरकारी कार्यालयका कार्यक्रमहरूले होटल धानीरहेका छन् । ‘ठूला होटलहरू विशेषगरी पर्यटकहरूले भरिभराउ हुनुपर्ने हो, टुरिजम प्याकेज हुनुपर्ने हो, त्यस्तो छैन्’ उनले भने ‘एन जिओ कार्यक्रम यही हुन्छन्, उनीहरू नै बास बस्छन् अनि पर्यटन स्थलमा घुम्न गएर पर्यटन पनि उनीहरू नै बन्छन् ।’
त्यसैगरी सिटी प्लाजा होटलमा पनि गैर सरकारी र सरकारी कार्यालयको कार्यक्रमहरू नै हुने गर्छन् । सिटी प्लाजा होटलको मुख्य आयश्रोत पनि गैर सरकारी र सरकारी कार्यालयले आयोजना गरेका कार्यक्रमहरूबाट नै हो । पर्यटक तथा ठूला प्रोफाईल व्यक्तिहरूलाई मध्यनजर गरेर बनाइएको यो होटलमा प्रदेशस्तरीय चहलपहल छैन् । ‘सरकारी र गैर सरकारी कार्यालयमा संलग्न भएका विदेशी व्यक्तिहरू आउँछन्, केही दिन कार्यक्रम गर्छन्’ सिटी प्लाजा होटलका म्यानेजर विष्णु न्यौपानेले भने ‘पर्यटक नै बनेर होटलमा बस्नको लागि आउँदैनन् ।
वार्षिक गैर सरकारी संस्थाकाका डोनरहरू जो विदेशी नागरिकहरूको सातवटा समूहहरू आउने गरेको उनले बताए । ‘दाङका केही पर्यटक स्थलहरू घुम्ने अनि जिल्ला बाहिरका पर्यटन क्षेत्रहरूलाई टाग्रेट बनाएर जान्छन्’ उनले भने ‘घोराहीमा सुविधा सम्पन्न होटलहरू छन् तर पर्यटकहरूलाई केही दिन राखेर घुमाउने ठाउँ छैन् ।’ होटलमा दुईवटा हल छन् । ‘होटलमा कार्यक्रमहरू प्याक हुन्छन्, कहिले त हल खाली नभएर नै कति पटक फर्काउनु परेको छ’ उनले भने ‘सरकारी तथा गैर सरकारी कार्यालयका कार्यक्रमहरू आयोजना हुने अनि कर्मचारीहरू होटलमा वास बस्दा हुने आम्दानीले नै होटल धानेको छ ।’ प्रदेशस्तरीय एवं दाङ राजधानी भएपछिको अवस्थालाई थेग्न सक्ने योजना बनाएको होटल कसरी धान्ने ? भन्नेमा नै समस्या भएको उनले बताए । ‘पार्टी प्यालेसको योजना बनायो भने सहज होला’ उनले भने ‘हामीले त्यो योजना पनि बनाएका छाँै ।’
त्यसैगरी भिंग्रेली होटलमा पनि उस्तै छ । यसलाई पनि गैर सरकारी तथा सरकारी कार्यालयका कर्मचारीहरूले नै धानेको छ । सिजनको समयमा विवाह पार्टी र त्यसबाहेक कार्यक्रमले नै धानेको भिंग्रेली होटलका नरेश राजभण्डारीले बताए । ‘जिल्ला बाहिरका पाहुनाहरूको लागि टाग्रेट बनाएर होटल सञ्चालन गरियो’ उनले भने ‘गैर सरकारी कार्यालयका कार्यक्रमहरू नहुने हो भने त होटल धान्नै समस्या छ ।’ पछिल्लो समयमा घोराहीमा सबैभन्दा बढी विवाह पार्टी सञ्चालन गर्नेको रूपमा रहेको उनको दाबी छ ।
‘जिल्ला बाहिरबाट सीमित कार्यक्रमको लागि पाहुनाहरू आउनुहुन्छ, घुम्नको लागि पर्यटकीय स्थल सोध्नुहुन्छ’ उनले भने ‘यहाँका पर्यटकीय स्थलहरू एकैदिनमै घुमेर सकिने खालका छन्, यहाँ धेरै दिन पाहुनाहरूलाई राखेर घुमाउने ठाउँ नै छैन् ।’ पर्यटकहरूलाई नाईट स्टेको लागि नाईट कल्चरलका कार्यक्रमका आयोजना पनि नगरेका होइनन् । तर शान्ति सुरक्षाको कारण देखाउँदै ति कार्यक्रमहरूले निरन्तरता पाउन सकेनन् । पर्यटकहरूको लागि अति आकर्षकको रूपमा ति कार्यक्रमलाई लिएको थियो ।
होटल डोको पनि कार्यक्रमकै भरमा चलेको छ । ‘पाहुना बनेर केही दिन घुमेर होटलमै बस्न, खानको लागि पाहुनाहरू आउँदैनन्’ होटल डोकोका म्यानेजर बसन्त जिएमले भने ‘दाङको बाटो हुँदै प्यूठानको स्वर्गद्वारीदेखि रूकुमको सिस्ने हिमाल अनि सल्यानको कुपिण्डे दहसम्म घुम्न जाने पर्यटकहरू छन्, हामीले एकरात बसाल्नसक्ने वातावरण बनाएका छैनाँै ।’
दाङमा पर्यटकीय क्षेत्रको राम्रो सम्भावना भएपनि प्रचारप्रसार हुन नसकेको उनले बताए । जसले गर्दा पर्यटकहरू आउन नसकेको उनको भनाइ छ । ‘होटलमा दुईवटा हल छन्, यही हुने कार्यक्रमले धानेको छ, क्याफेले गर्दा पनि होटल सञ्चालनमा सहज भएको छ’ उनले भने । जिल्लामा घुम्न आउने पर्यटकहरूलाई आकर्षण गर्नको लागि कल्चरल कार्यक्रमको आयोजना गरिए पनि निरन्तरता नपाउन सकेको उनले बताए ।
सत्कार पाहुना घरका प्रोप्राईटर नेत्रलाल वलीले पनि राजधानीलाई टाग्रेट गरेर होटल स्थापना गरेका थिए । तर त्यो अनुसारको लगानी उठदैन् कि भन्नेमा चिन्तित हुन्छन् । ‘न राजधानी भयो न त सरकारले घोषणा गरेको अनुसार भिजिट वर्ष २०२० अनुसार पर्यटक नै ल्याउन सक्यो’ उनले भने ‘कति दिन कार्यक्रमहरूले होटल धान्ने हो ?’ ठूलो लगानीमा होटलको स्थापना गरे पनि त्यो अनुसारको आम्दानी हुन नसकेको वताए । कार्यक्रमको लागि दुईवटा हल छन् । त्योभन्दा पनि पाहुनाहरूको लागि लज र फुडको व्यवस्था गरिएको छ ।
‘सरकारी र गैर सरकारी कार्यालयका कार्यक्रमहरू भईरहन्छन् तर पहिले जस्तो हँुदैनन्’ एकान्त होटलका नगेन्द्र खड्काले भने ‘राजधानी पनि भएन्, पर्यटक पनि आउँदैनन्, कार्यक्रमहरू भने भईरहन्छन् ।’ सुविधा सम्पन्न होटल सञ्चालन गर्दा पनि त्यो अनुसारको सुविधा लिने व्यक्ति नभएको उनले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बस्न र खानको लागि दुबै राम्रो व्यवस्था छ, घुम्न जानको लागि सवारी साधनको पनि व्यवस्था गर्न सकिन्छ’ उनले भने ‘न हाम्रो क्षेत्रको पर्यटनको प्रचार प्रसार गरिएको छ, न त कुनै पर्यटक नै तान्न सकेका छन् ।’
यी होटलहरू घोराही र तुलसीपुरमा चलेका होटल हुन् । यि होटलहरू प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सञ्चालनमा ल्याइएको थियो । जसले प्रदेशको राजधानीको सम्भावना देखेर नै होटल सञ्चालनमा ल्याएका थिए । स्थायी राजधानीको टुङ्गो लाग्न नसक्दा होटलको लगानी अनुसार आम्दानी नहुने हो कि भन्ने चिन्ता थिए होटल व्यवसायीहरू । तर सरकारी र गैर सरकारी कार्यालयका कार्यक्रमहरूले होटल धानेको प्रति केही सन्तुष्ट जनाउँछन् होटल व्यवसायीहरू ।
सरकारी तथा गैर सरकारी कार्यालयका कार्यक्रमहरूले होटल धानेको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रूद्रबहादुर डाँगीले पनि मनन् गर्छन् । होटलको लगानी अनुसार आम्दानी नभएको उनले बताए । ‘होटलहरूमा लगानी बढिरहेका छन्, जिल्लामा पर्यटकहरू न्यून संख्यामा आउँछन्, त्यो पनि धेरै दिन बस्दैनन्’ उनले भने ‘पर्यटकको कुरा मात्रै हुन्छ, पर्यटकहरूको लागि प्याकेज कार्यक्रम छैनन् ।’ जिल्लामा अन्य साना होटल पनि नभएका होइनन् । तर ति होटलहरू पनि धराशय अवस्थामा छन् । जताततै सवारी साधान पुगेका कारण होटलमा राती बास बस्नुपर्ने अवस्था छैन् । व्यापारीक कारोवारको लागि कोही व्यापारी आएपनि एक रातभन्दा बढी बास नबसेर फर्किने गरेको उनीहरू बताउँछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here