- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsत्रिसिद्धेश्वरी राप्ती यातायातको अध्यक्षमा हमाल

त्रिसिद्धेश्वरी राप्ती यातायातको अध्यक्षमा हमाल

- Advertisement -spot_img

तुलसीपुर, १८ फागुन । राप्ती समितिको रूपान्तरित त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिमा नयाँ नेतृत्व आएको छ । रूपान्तरणपछि भएको पहिलो अधिवेशनले सुरेश हमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
हमालको यो तेस्रो नेतृत्व हो । यसअघि यही संस्थामा दुईपटक अध्यक्ष भइसकेका छन् । यो उनको तेस्रो कार्यकाल हो ।
शुक्रबारदेखि दाङको तुलसीपुरमा सुरू भएकोे प्रालिको साधारणसभा तथा अधिवेशनले सर्वसहमतिमा हमाललाई अध्यक्षमा चयन गरेको हो ।
प्रालिमा झण्डै ७ सय यातायात व्यवसायीहरू रहेका छन् । अबको तीन वर्षसम्म त्रिसिद्धेश्वरी यातायातमा हमालकै नेतृत्व रहने छ । पुरानो राप्ती समितिमा यसअघि नै हमाल लगातार दुई कार्यकाल अध्यक्ष थिए । त्यो भन्दा पहिला हमाल लगातार चार कार्यकाल प्रशासनिक सचिव भएका थिए ।
तीन दशकभन्दा लामो इतिहास बोकेको हाल रूपान्तरित त्रिसिद्धेश्वरी राप्ती प्रालि चल अचल सम्पत्तिको हिसावले नेपालकै सबैभन्दा धनी संस्था मानिन्छ ।
एक कार्यकाल नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको केन्द्रीय सदस्य र दोस्रो कार्यकाल केन्द्रीय उपमहासचिवको जिम्मेवारीसमेत हमालले बहन गरिसकेका छन् ।
प्रालिको सञ्चालक समिति सदस्यमा पुष्कर धिताल, मानबहादुर डाँगी, नारायण प्रसाद न्यौपाने, मिनप्रकाश भट्ट (प्रकाश) प्रेम रावत, माधव न्यौपाने, दिवाकर केसी, भिमसेन लहरे, तेजप्रसाद अधिकारी (गढवा राजु) र हरिप्रसाद भट्ट सञ्चालक समितिको पदमा निर्विरोध चयन भएका हुन् ।
सबै निर्विरोध भएका सदस्य एवं अध्यक्षलाई शनिबार नै सपथ ग्रहण गराईसकेको निर्वाचन अधिकृत विजय पौडेलले जानकारी दिए ।
प्रालिको शनिबार बसेको पहिले बैठकले बैठकले भरतराज श्रेष्ठ, ऋषि रावत, श्रीधर बुढाथोकी, काली बहादुर योगी, प्रितम कुमार श्रेष्ठ, मदन वली,
दिवाकर न्यौपाने र महिला सदस्यहरू धनकुमारी आचार्य (माया पाण्डे) र सीता वलीलाई सञ्चालक सदस्यको पदमा मनोनित गरिएको अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
अब बस्ने पूर्ण कार्यसमितिको पहिलो बैठकले पदाधिकारीहरूको चयन गर्नेछ भने अन्य केही पदाधिकारीलाई अध्यक्षले मनोनित गर्ने छन् ।
यातायात ब्यवसायी भरतनाथ योगीलाई संस्थाको संरक्षक बनाइएको छ । जिल्लामा यातायात समितिहरू प्रालिमा रूपान्तरण भैसकेपछि अधिवेशन एवं साधारणसभा गर्ने यो पहिलो संस्था हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here