- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरदादुरा र रुबेलाविरुद्धको खोप अभियान

दादुरा र रुबेलाविरुद्धको खोप अभियान

- Advertisement -spot_img

दाङ, १८ फागुन । दाङका पाँच स्थानीय तहमा शुक्रबारदेखि दादुरा रुबेला रोगविरुद्धको खोप र पोलियो थोपा खुवाउने अभियान जारी छ ।
स्वास्थ्य कार्यालयलको अगुवाईमा दाङमा दुई चरणको अभियान अन्तरगत प्रथम चरणमा पाँचवटा पालिकामा खोप लगाउने र पोलियो थोपा खुवाउने अभियान सुरुभएको हो ।
शुक्रबारदेखि तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, बबई, दंगीशरण र बंगलाचुली गाउँपालिकामा दादुरा, रुबेला रोगविरुद्ध खोप लगाउने र पोलियो थोपा खुवाउने कार्यक्रम सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जानकारी दिइन् ।
अभियान अर्को चरणमा फागुन २९ गतेदेखि घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप लगाईने र पोलियो थोपा खुवाउने कार्यक्रम तय भएको उनले बताईन् ।
जिल्लामा ७ सय ४८ खोप केन्द्रबाट एक हजार ५ सय ६९ जना खोपकर्तासँगै स्वास्थ्य स्वयम्सेविका–हरुलाई जिम्मेवारी दिईएको छ ।
दाङमा ९ महिनादेखि ५ बर्ष मुनिका ६१ हजार ६ सय ६६ बालबालिकालाई खोप लगाउने र जन्मेदेखि ५ बर्ष उमेरसम्मका ७३ हजार ४ सय ८३ बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिईएको छ ।
समयमै लगाईने खोपले मात्रै दादुरा र रुबेला रोगको निदान गर्न सकिने भन्दै आफ्ना बालबच्चालाई खोप लगाउन कार्यालय प्रमुख पौडेलले सबैलाई आग्रह गरेकी छन् ।
खोप र पोलियो थोपा खुवाउने अभियान बालबालिकाको स्वास्थ्यसँगै अधिकारसँग जोडिएको भन्दै अभिभावकहरुलाई विषेश ध्यान दिन अपिलसमेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here