- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरनगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता

नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, १८ फागुन । तुलसीपुर उपमहानगरपालिका माविस्तरीय हाजिरीजवाफको प्रतियोगितामा तुलसी आवासीय मावि प्रथम भएको छ ।
रेडियो हाम्रो पहुँच र भिक्टोरिया ट्युशन सेन्टरको संयुक्त आयोजनामा शनिबार तुलसीपुरमा भएको प्रतियोगितामा १८ विद्यालयलाई पछि पार्दै तुलसी आवासीय मावि प्रथम भएको हो ।
उपमहानगरपालिकाभित्रका १९ वटा विद्यालय सहभागी प्रतियोगितामा ग्यालेक्सी मावि द्वितीय, सम्राट इङ्लिश बोर्डिङ स्कुल तृतीय भएको छ । प्रतियोगितामा मेरीगोल्ड बोर्डिङ स्कुल सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम हुने तुलसी माविले ७ हजार १ सय ५ नगद, शिल्ड र प्रमाणपत्र, द्वितीय हुने ग्यालेक्सी माविले ५ हजार १ सय ५ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी प्रतियोगितामा तृतीय हुने सम्राट इङ्लिस बोर्डिङ स्कुलले ३ हजार १ सय ५ नगद, शिल्ड र प्रमाणपत्र र सान्त्वना हुने मेरीगोल्ड बोर्डिङ स्कुलले १ हजार १ सय ५ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
भिक्टोरिया ट्यूशन सेन्टरका प्रवन्ध निर्देशक केशव लामिछानेको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा हाजिरीजवाफ प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य केसीले विद्यार्थीकोे बौद्धिक क्षमता विकासका लागि हाजिरीजवाफ प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले विद्यालयले पनि अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताउँदै विद्यार्थीलाई रचनात्मक काममा जोड दिन आग्रह गरे । प्रतियोगिताको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत आनन्द गौतमले ज्ञान नै सफलताको प्रतिक भएको बताए ।
उनले हरेक ठाउँमा प्रतिस्र्धात्मक तरिकाले प्रस्तुत हुनका लागि ज्ञानको दायरालाई फराकिलो बनाउन आग्रह गरे । कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले पढ्न जागिर खानु मात्र नभएको बताउँदै सफल जीवनका लागि पनि ज्ञानलाई फराकिलो दायरामा लैजानुपर्ने बताए ।
रेडियो हाम्रो पहुँचका कार्यक्रम प्रमुख शिव पुनको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here