- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsप्रदेशको विकास अधुरोःपोख्रेल

प्रदेशको विकास अधुरोःपोख्रेल

- Advertisement -spot_img

तुलसीपुर, १३ फागुन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आवश्यकताअनुसार प्रदेशको विकास हुन नसकेको बताएका छन् । जनताको अपेक्षा, आवश्यकता र जनभावनालाई ख्याल गर्न नसक्दा सरकारको समृद्धितर्फको यात्रा कमजोर भएर जान सक्ने बताए ।
सोमबार दाङको बेल्झुण्डीमा सञ्चालन भएको प्रदेश एक्स्पो समापनका अवसरमा मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री पोख्रेलले सरकारले समृद्धिको यात्रा तय गरेको भएपनि जनताको साथ र सहयोगविना त्यो यात्रा सफल नहुने बताएका छन् ।
महत्वपूर्ण योजनाहरू समयमै पूरा गर्न नसके सरकारप्रति जनताको आक्रोस बढ्दै जान सक्ने भन्दै उनले यस विषय संघ, प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिन जरूरी रहेको बताए ।
प्रदेश नं. ५ को समग्र क्षेत्रका विकासका लागि यहाँका जनताहरूसँग हातेमालो गर्न जरूरी रहेको उनले बताए । हामीले प्रदेशको विकास लागि काम गरिरहेका छौँ÷गर्दै आएका छौँ,
उनले भने ‘यदि समयमै प्रदेशको विकास चाहने हो भने सरकारलाई जनताले हरेक समयमा साथ दिन जरूरी छ ।’ जनताको आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले विभिन्न अवधारणा, नयाँ ऐन तथा नीतिहरू निर्माण गरेको उनले बताए ।

प्रदेशको विकासका लागि एक्स्पो

कार्यक्रममा मुख्मन्त्री पोख्रेलले गत फागुन १० गतेदेखि सञ्चालन गरिएको प्रदेश एक्स्पोले प्रदेश नं. ५ को आर्थिक, सामाजिक, भौतिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने बताए ।
प्रदेश जातीय विविधताले भरिपूर्ण भएपनि यहाँको परम्परा, संस्कृति, रितिरिवाज तथा मौलिकताको प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा विकासको गति सुस्तिएकाले एक्स्पोको आयोजना गरिएको उनको भनाई छ ।
‘हामीले एक्स्पो सञ्चालन गर्नुको मुख्य उद्देश्य प्रदेशभित्र उपलव्ध हुने विभिन्न विषयवस्तुको प्रचारप्रसार गर्नका लागि हो’ उनले भने ‘प्रदेशको विकास र यहाँको समृद्धिको लागि यसले ठूलै भूमिका खेल्छ भन्ने हाम्रो विश्वास छ ।’
तीन दिनसम्म सञ्चालन भएको एक्स्पोले प्रदेशका विभिन्न जिल्लाहरूको सभ्यता, मौलिकता, स्थानीय उत्पादन, परम्परागत धर्म संस्कृति, पर्यटकीय संरचना, भेषभूषा, जातीय खाना, विविधतालगायत हरेक क्षेत्रको उत्पादनलाई बजारीकरण तथा बजार विस्तार गर्न सहयोग गर्ने उनको भनाइ छ ।
यस्तै प्रदेशको विकासका लागि सर्वप्रथम यहाँको कृषिलाई आधुनिक प्रविधिसँग जोड्न जरूरी रहेको बताए । परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा लैजानका लागि प्रदेश सरकारले यहाँका किसानहरूलाई कृषिमा १० प्रतिशत ब्याज अनुदान दिने उनले जानकारी दिए ।
प्रदेश सरकारको आयोजनामा सञ्चालन भएको एक्स्पोमा विभिन्न क्षेत्रसँग जोडिएका पेशा, धर्म, परम्परा र संस्कृतिहरू प्रदर्शन गरिएको थियो । यस्तै प्रदेश सरकारअन्तर्गत सञ्चालन गरिएका गतिविधिहरूको बारेमा जानकारीसमेत गराईएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here