- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरओलीको अब कुर्सीमा बस्ने नैतिकता छैनः गगन थापा

ओलीको अब कुर्सीमा बस्ने नैतिकता छैनः गगन थापा

- Advertisement -spot_img

घोराही, १३ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपि ओलीको कुर्सीमा बस्ने नैतिकता हराईसकेको बताएका छन् ।
उनले वर्तमान सरकार र मन्त्रीको दैनिकजसो सार्वजनिक हुने काण्डले प्रधान्मन्त्रीको कुर्सीमा बस्ने नैतिकता हराईसकेको टिप्पणी गरे । ‘कति काण्ड उहाँसँगै छन्, कति अरूसँग भए’ उनले भने ‘यसले पनि ओलीको पदमा बस्ने नैतिकता देखिदैन ।’
गिरिजाप्रसाद कोइराला फाउण्डेशनले दाङमा आयोजना गरेको कोइरालाको शान्तिप्रक्रिया स्थापनामा योगदान विषय कार्यक्रममा गगनकुमार थापाले यस्तो बताएका हुन् ।
विभिन्न काण्डले प्रधानमन्त्री कुर्सीमा बस्ने राजनीतिक र दैनिक कुनै आधार नरहेको बताए । ‘आफ्नै भान्साभित्रको सदस्यको काण्डहरू प्रधानमन्त्रीले थाहा नपाउनु र ढाकछोप गरेर राख्नुले उनी राजनीतिक र नैतिक हिसावले विफल भइसके’ उनले भने,
‘एउटा, दुईवटा मात्रै हैन यहाँ त दैनिक नयाँ–नयाँ काण्ड मच्चिरहेका छन ।’ उनले भने ‘४÷५ दिनमै हेरौँ गोकुल काण्ड, बामदेव काण्ड,संविधान काण्ड, केक काण्ड यसले सबै प्रष्ट पारेको छ ।’
थापाले बहुमतको सरकारले संविधान रक्षा गरेर संविधानको कार्यान्वयनमा लाग्नुका साटो संविधानलाई कमजोर बनाउने दृष्टता गरेको बताए । सरकारले संविधाननै संकटमा पर्ने गरी गतिविधि सञ्चालन गरेको बताए ।
अब संविधानको रक्षाको ठूलो चुनौती भएको बताए । अहिले सरकार कुनै पार्टीले चलाएको छैन, दुईजना व्यक्तिले सरकार चलाईरहेका छन् लोभ र डरले सत्ता चलाउँदा संविधाननै संकटमा परेको छ ।
उनले संसदमा पेश भएका सबै कानुन पास भए संविधान गयो भनेर बुझ्दा पनि हुन्छ, उनले भने, अहिले जनता तर्साउने र सत्ता लम्भ्याउने काम भइरहेको छ । संविधान जोगाउनु पर्ने चुनौती छ,
उनले भने यसका लागि काँग्रेस चनाखो हुनैपर्छ । शान्ति निर्माण र आन्तरिक संविधानमा गिरिजाप्रसाद कोईरालाले बनाई दिएको आधार र जगलाई बलियो बनाउनुको साटो बहुमतको सरकारले सिध्याउन लागेको समेत आरोप लगाए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here