- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरस्थापना दिवसमा विभिन्न प्रतियोगिता

स्थापना दिवसमा विभिन्न प्रतियोगिता

- Advertisement -spot_img

घोराही, १३ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५०औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुको उद्घाटन गरिएको छ । प्रतियोगिताको सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रमुख अतिथि श्रेष्ठले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर फुटबल प्रतियोगिताको उद्घाटन गरिएको हो । कार्यक्रमको सहजीकरण महासचिव नरेश कार्कीले गरेका थिए ।
संघले स्थापना दिवसको अवसरमा फुटबल, हाजिरीजवाफ, कुर्सी दौड, वक्तृत्वकला, व्याडमिटन प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरेको छ ।
पहिलो दिन भएको बजार प्रतिनिधि र हार्डवेयर व्यवसायीबीच भएको खेलमा बजार प्रतिनिधि विजयी भएको फुटबल प्रतियोगिता सञ्चालन उपसमितिका संयोजक मिनराज भाटले जानकारी दिए ।
बुधबारको खेल फेन्सी व्यवसायी र कुखुरा व्यवसायीबीच हुने भाटले जानकारी दिए । संघको स्थापना दिवस आउँदो चैत ९ गते मनाउँदै छ । संघको स्थापना २०२७ सालमा स्थापना भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here