- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरमहरालाई दाङमा स्वागत

महरालाई दाङमा स्वागत

- Advertisement -spot_img

दाङ, १३ फागुन । बलात्कार प्रयास आरोपमा सफाई पाएपछि निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरा आफ्नो निर्वाचन क्षेत्रमा आएका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट सांसद पदमा विजयी भई सभामुख बनेका महराले बलात्कार प्रयासको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । केही दिन पहिले काठमाडौँ जिल्ला अदालतले महरा निर्दोष रहेको फैसला गरेपछि उनि मुक्त भएका हुन् ।
संसद सचिवालयका कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै उजुरी गरेपछि उनले पदबाट राजीनामा दिएका थिए ।
करिब चार महिना प्रहरी हिरासत र कारागारमा बसेका महरालाई अदालतले निर्दोष सावित गरेपछि उनले आफूलाई फसाउने षड्यन्त्र भएको तर आफूले जितेर आएको बताए । निर्वाचन क्षेत्रमा आउने क्रममा महरालाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको छ ।
भालुजाङदेखि घोराही आउने क्रममा विभिन्न ठाउँमा नेकपा पार्टी कार्यकर्ताहरूले महरालाई फूलमाला र अविरले स्वागत गरेका हुन् ।
कार्यकर्ताहरूले अमेरिकी सहयोग एमसीसी पारित गराउन महराले नमानेपछि घटनालाई जोडेर फसाएको भन्दै महराको बचाउमा नाराबाजीसमेत गरेका थिए ।
महरा केही दिन मतदाताहरूसँग भेटघाट गर्ने योजनासहित निर्वाचन क्षेत्रमा आएका हुन् । कार्यकर्ताहरूसँगको भेटमा महराले आफूलाई फसाउनेका विरूद्ध विस्तारै बोल्ने र सबै खुल्ने प्रतिक्रिया दिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here