- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsतुलसीपुरमा वन उद्यम कार्यशाला

तुलसीपुरमा वन उद्यम कार्यशाला

- Advertisement -spot_img

‘वनलाई व्यवसायसँग जोडौँ’
तुलसीपुर, १२ फागुन । तुलसीपुर उपमहानगरपालिकाले पहिलोपटक वन उद्यमसम्बन्धी कार्यशाला गरेको छ । प्रदेश एक्स्पोको अवसर पारेर उपमहानगरले कार्यशाला सञ्चालन गरेको हो । कार्यशालामा वनसम्बन्धी विभिन्न फरक–फरक विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वन उद्यमका बारेमा वोल्दै कृषि तथा सहकारी मन्त्री आरती पौडेलले नेपाललाई विश्वमा चिनाउनका लागि सामुदायिक वनको महत्व धेरै रहेको कुरामा जोड दिइन् ।
रूख रोपेर मात्रै समृद्धि नआउने भन्दै उनले त्यसको वैज्ञानिक प्रयोगमा ध्यान दिनुपर्ने बताइन् । ‘वन लगाएको छु भनेर केही हुँदैन त्यसको उचित प्रयोग पनि गर्नुपर्दछ’ मन्त्री पौडेलले बताइन् ।
वनमा कृषिमा आधारित कुराहरू पनि लगाउनुपर्ने कुरामा जोड दिदै उनले कृषिसँग जोडिएको वनले मात्रै जनताको समृद्धि सम्भव भएको बताइन् ।
वनमा आधारित उद्यम सञ्चालनका लागि केन्द्र र स्थानीय सरकारले पनि ध्यान दिएको उनको भनाइ थियो । ‘जनताले पनि यसका बारेमा चासो राख्नुपर्ने हुन्छ’ उनले भनिन् ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख विजयराज सुवेदीले नेपालमा वनलाई उद्यमसँग जोड्न नसक्दा बाह्य सामानहरू आउने गरेको बताए ।
उनले उत्पादनमा प्रयोग नहुने वनको कुनै पनि अर्थ नहुने कुरा दोहो¥याए । उद्यमशीलताको विकास गर्ने खालको उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । वन सम्पदामा धनी रहेको देशमा अरू देशबाट फर्निचर आयात हुन दुःखपूर्ण कुरा रहेको उनको भनाइ थियो ।
सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले वन क्षेत्रका सबैकुरा पारदर्शी हुनुपर्ने बताइन् । सामुदायिक वनमा महिला सहभागिताको अवस्था नाजुक भएको भन्दै अध्यक्ष पाठकले महिलालाई कानुनमा मात्रै समावेश गरेर व्यवहारमा लागू गर्न नसकेकोमा दुःख व्यक्त गरिन् ।
सामुदायिक वन गरिबहरूका लागि भएको भन्दै अध्यक्ष पाठकले समुदायको वास्तविक सम्पत्ति अझै पनि बन्न नसकेको बताइन् । सरकारले व्यवस्था गर्न त दियो तर त्यससको प्रयोग गर्ने अधिकार भने दिएन  ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयकी सचिव डा राधा वाग्लेले वन क्षेत्रको व्यवस्थापनका लागि सबैले ध्यान दिनुपर्ने बताइन् ।
सामुदायिक वनको कानुनमा महिलालाई पनि समान अधिकार दिएको भएपनि व्यवहारमा त्यसो हुन नसकेको उनको भनाइ थियो । ‘घरायसी समस्या र पारिवारिक सोंचका कारण पनि अझै महिलाहरूले समान अधिकार पाउन सकेका छैनन्’ उनले भनिन् ।
उनले तुलसीपुर उपमहानगर–पालिकाभित्र पनि सामुदायिक वनमा न्यून सहभागिता रहेको तथ्यांक उनले प्रस्तुत गरेकी थिइन् ।
सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले जलवायु परिवर्तन न्यूनीकरणका लागि सामुदायिक वनले महत्वपूर्ण भूमिका खेलेको बताए । कृषि वन नीति नहुँदा सामुदायिक वनहरूले अपेक्षित रूपमा उपलब्धि हासिल गर्न नसकेको पनि उनको भनाइ थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डेले राजधानीमुखी छलफललाई स्थानीयस्तरमा ल्याएको बताए ।
उनले सामुदायिक वनको संरक्षणसँगै त्यसबाट उद्यमशीलताको विकासमा पनि ध्यान दिनुपर्ने बताए । ‘वनबाट पनि पैसा आउँछ भन्ने सोंचको हामीमा अझै विकास हुन सकेको छैन’
उनले भने । उपमहानगर–पालिका विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शाखा अधिकृत भिमप्रकाश खत्रीले गरेका थिए । उक्त अवसरमा १६ बुँदे दाङ घोषणापत्रसमेत सार्वजनिक गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here