Wednesday, April 17, 2024
Homeखेलकुदमिडवेष्टले चुम्यो रनिङ शिल्डको उपाधि

मिडवेष्टले चुम्यो रनिङ शिल्डको उपाधि

- Advertisement -spot_img

शान्तिनगर, १२ फागुन । शान्तिनगर गाउँपालिकास्तरीय दोस्रो तथा १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७६ को उपाधी मिडवेष्ट प्वाईन्ट एकाडेमी खैरेनीले जितेको छ ।
शान्तिनगर गाउँपालिकाको आयोजना तथा विपी कोईराला नमुना मावि बयाले सिमतराको संयोजनमा बयाले सिमतारा खेल मैदान सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १ कास्य पदक जितेर साविक विजेता मिडवेष्ट प्वाईन्ट एकाडेमीले उपाधी चुमेको हो । उपाधीसँगै उसले लगातार दोस्रो पटक रनिङ शिल्ड उचालेको छ ।
त्यस्तै ५ स्वर्ण, ७ रजत र २ कास्य पदकका साथ लोकप्रिय विद्यामन्दिरले दोस्रो स्थान हासिल गर्दा जनकल्याण मावि सिमसुन्दरपुर ५ स्वर्ण, ३ रजत ९ कास्य पदकसहित तेस्रो र विपी मावि बयाले ४ स्वर्ण, ५ रजत र ५ कास्यका साथ सान्त्वना स्थान हासिल गरेको सचिवालय सदस्य खेमराज तिवारीले जानकारी दिए ।
फागुन ७ गतेदेखि सञ्चालित प्रतियोगितामा शान्तिनगर गाउँपालिकामा स्थापित निजी तथा सामुदायिक गरी दश विद्यालयको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here