Friday, March 29, 2024
Homebreaking-newsडिभाईन टि–२० प्रतियोगिता

डिभाईन टि–२० प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, ११ फागुन। तुलसीपुरमा डिभाईन टी–२० क्रिकेट प्रतियोगिता सुरू भएको छ। डिभाईन टेम्पल एकाडेमीको आयोजनामा सुरू भएको अन्तरव्द्यिालय क्रिकेट प्रतियोगिता तुलसीपुरस्थित अरनिको मैदानमा सुरू भएको हो।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि एवं एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले खेल क्षेत्रकै माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने बताए। उनले सरकारले खेल क्षेत्रमा प्रशस्त लगानी गनुपर्ने बताए।
‘खेल जित्नका लागि मात्र नभएर सिक्नका लागि पनि अपरिहार्य छ’ उनले भने–‘खेलक्षेत्रमा गरेको लगानी कहिल्यै खेर जाँदैन, खेल क्षेत्रको विकासका लागि लगानीको आवश्यक छ।’
विद्यार्थीहरूमा रहेको खेल प्रतिभालाई सम्मान गर्न आवश्यक रहेको बताए। प्रत्येक विद्यालयमा खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा नभई अनिवार्य क्रियाकलापका रूपमा स्थापित गर्न आग्रह समेत गरे।
कार्यक्रममा विशिष्ट अतिथि तथा एन प्याब्सनका प्रदेश अध्यक्ष सुवोधकुमार डाँगीले खेल जगत्का कारण विभिन्न मुलुकहरू विश्वमा चिनिदै आएको बताए। उनले नेपाललाई पनि खेलका माध्यमबाट चिनाउनका लागि सरकारले खेल क्षेत्रमा लगानी बढाउनुपर्नेे बताए।
तुलसीपुर उपमहानगर–पालिकाका खेलकुद संयोजक अमर नेपाली (माइकल)ले तुलसीपुर उपमहानगरपालिकाले खेल जगत्लाई न्यायोचित सम्मान गर्दै आएको बताउँदै अब अन्य खेलसँगै मेयरकप क्रिकेटको पनि तयारी भइरहेको जानकारी दिए।
डिभाईन टेम्पल एकाडेमीका संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एनप्याब्सन दाङका अध्यक्ष विमल गौतम, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष डिल्लीबहादुर डाँगी,
प्याब्सन दाङका प्रतिनिधि तथा गोरखा स्कुल तुलसीपुरका प्राचार्य विजय जीएमलगायतले खेलको महत्व र मुलुकको समग्र विकासका लागि यसले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए।
विद्यालयका शिक्षक आकाश सिंहको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण भाइसप्रिन्सिपल कुलानन्द अधिकारीले गरेका थिए। प्रतियोगितामा ज्ञानज्योति स्पोर्टस् ट्रेनिङ स्कुल, लिटिल हेभन इङ्लिस स्कुल,
डिभाईन टेम्पल एकेडमी, अमर इङ्लिस स्कुल, हिमाल एकेडेमी, तुलसी स्कुल, राप्ती विद्यामन्दिर, गोरखा स्कुल, अरनिको स्कुल र ज्ञानोदय इङ्लिस स्कुलको सहभागिता रहेको छ। खेलका विजेताहरूलाई ट्रफी, शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजक डिभाईन टेम्पल एकेडमीले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here