- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरतुलसीमा जुरेस गठन

तुलसीमा जुरेस गठन

- Advertisement -spot_img

तुलसीपुर, ६ फागुन । तुलसीपुरमा रहेको तुलसी आवासीय माविमा जुनियर रेडक्रस समिति गठन गरिएको छ । विद्यालयमा शुक्रबार भएको भेलाले सुमन विकको अध्यक्षतामा १३ सदस्यीय जुनियर रेडक्रस समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी हमाल, सचिवमा एञ्जीला रेउले, कोषाध्यक्षमा सुवास देवकोटा, उपसचिवमा मुनाल खरेल, उपकोषाध्यक्षमा प्रनिस केसी चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरूमा चित्रा वली, कपिल भण्डारी, सुजन विक, कृष धिताल, आरती देवकोटा, सपना वली र लक्ष्मी छिनाल चयन भएका छन् ।
त्यसैगरी शिक्षक नायकमा विद्यालयका शिक्षक अनामीका बस्नेत, शिक्षक उपनायकमा खुमप्रसाद मरासिनी र संरक्षकमा विद्यालयका सहायक प्रधानाध्यापक देवबहादुुर केसी चयन भएका छन् ।
विद्यालयका कक्षा ८ का छात्र सुमन विकको अध्यक्षता तथा जुनियर रेडक्रस समितिका संयोजक भिम मरासिनीको विषेश उपस्थितिमा विद्यालयस्तरीय जुनियर रेडक्रस समिति गठन गरिएको विद्यालयले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here