- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरविपद् प्रतिकार्यका लागि तालिम

विपद् प्रतिकार्यका लागि तालिम

- Advertisement -spot_img

घोराही, ५ फागुन । नेपाल रेडक्रस सोसाईटी दाङले विपद् प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धी तालिम शुरू गरेको छ । बबई र राप्ती नदी जलाधर क्षेत्रका प्रभावित व्यक्तिहरूको लागि चार दिने तालिमको आइतबारदेखि घोराहीमा शुरू गरिएको हो ।
प्रभावित क्षेत्रका व्यक्तिहरूको सामुदायिक विपद् व्यवस्थापन समितिभित्र रहेका खोज तथा उद्धार कार्यदलका सदस्यहरूलाई तालिम दिइएको विपद् पूर्वतयारी र बाढी पूर्वसूचना सवलीकरण परियोजनाका संयोजक सन्तोष ढकालले जानकारी दिए ।
परियोजना संयोजक ढकालका अनुसार चारदिने तालिममा विपद्का जोखिम, सामुदायिक उद्धारकर्ताको भूमिका, पारिवारिक सुरक्षा एवं प्रतिकार्यका लागि तयारी र घटना निर्देश प्रणाली, आधारभूत जीवन सुरक्षा,
प्राथमिक उपचार र ट्रियाज, शव व्यवस्थापन, आगलागी, आधारभूत खोजविधि, आधारभूत उद्धारविधि, पानीजन्य आपतकाल, परिस्थिति वन्य आपतकाल, अन्तिम प्रयोगात्मक अभ्यास, तालिम कोर्षको समीक्षा गरिनेछ । बाढीको समयमा खोज तथा उद्धार गर्नको लागि यो तालिमले सहयोग गर्ने उनले बताए ।
नेपाल रेडक्रस सोसाईटी दाङका उपसभापति मदन गौतमको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको थियो । कार्यक्रममा जिल्ला कोषाध्यक्ष कुशल तर्ताल, परियोजनाका व्यवस्थापक कृष्ण वसौला, सरोज अधिकारीलगायतले बोलेका थिए ।
तालिमको संयोजकका सरोज अधिकारी छन् भने तालिमको प्रशिक्षकमा सुजन विक, देवि प्याकुरेल, उमा थापा, सिजन लामिछाने, उमा राणा मगर, रहेका छन् ।
राप्ती नदीले प्रभाव पार्ने राप्ती गाउँपालिकाबाट दुईजना, राजपुर गाउँपालिकाबाट एकजना, लमही गाउँपालिकाबाट दुईजना,
बबई नदीबाट प्रभावित हुने क्षेत्रका तलसीपुर उपमहानगरपालिकाबाट दुईजना, शान्तिनगर गाउँपालिकाबाट दुईजना, दंगीशरण गाउँपालिका एकजना, बबई गाउँपालिका दुईजना २४ जना सहभागी रहेका छन् ।
परियोजना व्यवस्थापक कुसल तर्तालको स्वागत मन्तब्यवाट शुरू भएको कार्यक्रमको सहजीकरण परियोजना संयोजक सन्तोष ढकालले गरेका थिए ।
प्रभावित समुदायमा यसअघि नेपाल रेडक्रस सोसाईटीले बबई र राप्ती नदीबाट जलाधर क्षेत्रका ४५ वटा सामुदायिक विपद् व्यवस्थापपन समितिलाई खोज तथा उद्धार सामाग्रीहरू एक–एकवटा मेगा फोन, साईरन, एउटा स्टे«चर, तीनवटा लाईफ ज्याकेट प्रति समुदायहरूलाई उपलब्ध गराई सकिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here