- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरसीप सिकाउँदै सामुदायिक वन

सीप सिकाउँदै सामुदायिक वन

- Advertisement -spot_img

सल्यान, ५ फागुन । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ मा रहेको सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले सिपमूलक तालिम सिकाउँदै आएको छ ।
गत वर्ष मात्र महिलाहरूको लागि भनेर कटाई सिलाई तालिम सिकाएको सामुदायिक वनले यो वर्ष एक लाख बराबरको बजेटबाट सिपमूलक एक महिने मुढा बुनाइ तालिमको आयोजना गरेको छ ।
२० जना महिलाको सहभागितामा तालिम सञ्चालन गरेको सामुदायिक वनका अध्यक्ष झलक बहादुर बुढाले जानकारी दिएका छन् । सामुदायिक वनबाट आएको राजस्वबाट स्थानीय उपभोक्ताहरूलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिपमूलक तालिमको आयोजना गरिको अध्यक्ष बुढाले बताए ।
विशेषगरी यस तालिममा महिला पुरूष सहभागी हुनुपर्नेमा अधिकांश पुरूषहरू विदेश पलायन भएपछि महिलाहरूले मात्र सीप सिक्न आउने गरेको सचिव अनिता बुढाथोकीले बताइन् ।
बनगाड कुपिण्डे नगरपालिका लगायत अन्य सामुदायिक वनले अनावश्यक खर्च गरेको बेला आफूहरूले भने सधै सामाजिक कार्यमा लगाउँदै आएको अध्यक्ष बुढाको भनाइ रहेको छ ।
आफूहरूलाई कटाई सिलाइ तालिमदेखि मुढा बुनाईसम्बन्धी सिपमूलक तालिम दिएकोमा आफूहरू खुसी भएको सहभागी यशोधा बुढाथोकीले बताइन् ।
सामुदायिक वनले आफूहरूलाई यस्तो तालिमको आयोजना नगरी दिएको भए तालिम सिक्न मात्र बजार धाउनुपर्ने बाध्यता हुने थियोे । आफूहरूले घरको खाना कामसँगै तालिम सिक्न पाएकोमा सामुदायिक वनलाई धन्यवाद दिइन् ।
आफूले घरमा नै बसेर काखमा बच्चा च्यापेर पनि सीप सिक्न पाएकोमा अर्को सहभागी ओइली बुढा पनि खुसीले भएको बताइन् ।
आफ्नो ६ महिनाको छोरीलाई काखमा च्यापेर सीप सिकेको र घरमा नै सीप सिकाएकोमा वनलाई धेरै–धेरै धन्यवाद दिइन् ।
वन जङ्गल गोडमेलदेखि सिपमूलक तालिममा सिकाउँदै आएको सल्लेरी सामुदायिक वनजस्तै गरी अन्य सामुदायिक वनले पनि सिक्न आवश्यक रहेको मुढा बुनाइ प्रशिक्षक जित बहादुर पुनले बताए ।
सल्लेरी सामुदायिक वन उपभोक्ता सक्रिय र सामाजिक कार्यमा सधै आफ्नो व्यक्तिगत घरको कामभन्दा समाजको र सामुदायिक वनप्रति माया भएको उपभोक्ता पाएको प्रशिक्षक पुनले प्रशंसा गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here