- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरहिमालमा गायन प्रतियोगिता

हिमालमा गायन प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, ५ फागुन । तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा गायन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेको स्टुडेन्ट क्वालिटी सर्कलको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । कार्यक्रम विद्यालयका छात्र संगीत थापाको अध्यक्षता तथा विद्यालय शिक्षिका राधा पोख्रलेको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रतियोगितामा जुनियर गायन प्रतियोगितातर्फ रोजन केसी प्रथम भएका छन् । यस्तै कृष्ण बिसी द्वितीय भएका छन् भने मनिषा विक तृतीय भएका छन् ।
यस्तै सिनियर गायन प्रतियोगितामा मुना राम्जा प्रथम भएकी छन् । प्रतियोगितामा प्रतिज्ञा डाँगी द्वितीय र राजश्री केसी तृतीय भएका छन् ।
कार्यक्रममा प्रतियोगीहरूको मूल्याङ्कन शिक्षक खुमबहादुर खड्का, शिक्षिका चाहना शाह र बिमला केसीले गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय दिप्सन अधिकारी र आयुशा बुढाथोकीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here