- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरमूल समितिको अध्यक्षमा पाण्डेय

मूल समितिको अध्यक्षमा पाण्डेय

- Advertisement -spot_img

मानपुर,५ फागुन । तुलसीपुर वडा नं. १६ र १७ मा गठन भएको नगर विकास कोषको मूल समितिको अध्यक्षमा गिरीराज पाण्डेय निर्वाचित भएका छन् । मूल समितिको शनिबार मानपुरमा भएको पाँचौं अधिवेशनबाट पाण्डेय सर्वसम्वतरूपमा अध्यक्षमा चयन भएका हुन् ।
समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष शान्ता भट्टराई, सचिव शालिकराम मुसाफिर, कोषाध्यक्ष रूद्रबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा विष्णु बहादुर वली, डम्बर बहादुर वली, सुकबहादुर बस्नेत, रमेश बस्नेत, गायत्री गिरी, ज्ञानी बस्नेत र बिरवल केसी निर्विरोध निर्वाचित भएका छन् ।
मूल समितिका अध्यक्ष रामबहादुर वलीको अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष भूपबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिवेशनमा वार्षिक प्रगति प्रतिवेदन सचिव गिरिराज पाण्डेय र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रूद्र बहादुर केसीले प्रस्तुत गरेका थिए ।
कार्यक्रम मूलसमितिकी परिचालिका शिवा बुढाथोकी, अमर खड्का, शालिकराम मुसाफिर, राजेन्द्र केसी, विष्णु बहादुर वलीलगायतका वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिएको । कार्यक्रमको सञ्चालन सचिव गिरिराज पाण्डेयले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here