- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरआर्थिक विकास परियोजना लागू

आर्थिक विकास परियोजना लागू

- Advertisement -spot_img

घोराही, ५ फागुन । दाङको घोराही उपमहानगरमा आर्थिक विकासका लागि स्थानीय तथा प्रादेशिक विकास परियोजना लागू भएको छ । नेपाल सरकार र जर्मन सरकारको सम्झौताअनुसार कृषि भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयको अगुवाईमा प्रदेश नम्बर ५ का घोराही उपमहानगरसहित ७ नगरमा यो परियोजना लागू भएको हो ।
परियोजनाले पहिलो चरणमा सरोकारवालाहरूसँग प्रतिस्पर्धी लाभको सहभागितामूलक विश्लेषण कार्यक्रम सञ्चालन गरेको छ ।
आइतबार घोराही उपमहानगरको आयोजनामा विभिन्न सरोकारवालाहरूसँग क्षेत्र पहिचानका विषयमा अन्तरक्रिया भएको छ । घोराहीमा तरकारी, पशुपक्षी, पर्यटन र माहुरीपालनलाई आर्थिक प्रतिस्पर्धी क्षेत्रका रूपमा अघि बढाउने गरी छलफल भएको हो ।
नागरिकहरूले गरिरहेका विभिन्न पेशा व्यवसायको तुलनामा आर्थिक लाभ धेरै गर्न सकिने क्षेत्रको विकासमा बृद्धि गर्ने कार्यक्रमको लक्ष्य रहेको परियोजनाका आर्थिक विकास सल्लाहकार चुडाराज गिरीले जानकारी दिए ।
अबको १० दिनमा सरोकारवालाहरूसँग बृहत छलफल र उत्पादन क्षेत्रहरूको अध्ययन गरी प्रतिस्पर्धी लाभको छनोट हुने उनले बताए । आर्थिक लाभको क्षेत्र पहिचान भएपछि उपहानगरले बनाउने नीतिमा प्राविधिक सहयोग गर्ने गरी आर्थिक विकासका कामलाई अघि बढाउने योजना रहेको छ ।
नगरको आर्थिक विकास समितिका अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरूलाल चौधरीले अध्ययन अनुसारको योजना सफल हुने बताए ।
दाङको भूगोल, हावापानी र सम्भावना धेरै रहेको भन्दै लगानीलाई उत्पादनमा केन्द्रित गर्न आग्रहसमेत गरे । कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले आर्थिक विकासका लागि उत्पादनमा प्रतिस्पर्धा आवश्यक रहेको बताइन् ।
कार्यक्रमको सहजीकरण नगरको सहकारी तथा रोजगार शाखा प्रमुख होमलाल भुसालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here