- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsशान्तिनगरमा रनिङ शिल्ड हुने

शान्तिनगरमा रनिङ शिल्ड हुने

- Advertisement -spot_img

शान्तिनगर, ५ दाङ । शान्तिनगर गाउँपालिकास्तरीय दोस्रो तथा १२आँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । शान्तिनगर गाउँपालिकाको आयोजना तथा विपी कोईराला नमुना मावि बयाले सिमतारा शान्तिनगर–३ को संयोजनमा यही फागुन ७ गतेदेखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कवड्डी, छात्र/छात्रा, ऐथ्लेटिक्स ट्रयाकतर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्डतर्फ हाईजम्प, लङजम्प,
त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्र÷छात्रा बीच प्रतिस्पर्धा हुने विद्यालयका शिक्षक तथा प्रतियोगिता अभिलेख ब्यवस्थापन उपसमितिका संयोजक खेमराज तिवारीले जानकारी दिए ।
प्रतियोगितामा शान्तिनगर गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजी गरी दश विद्यालयको सहभागिता रहनेछ भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेरसम्मका छात्र/छात्राले मात्र भाग लिन पाउनेछन् ।
यसैबीच प्रतियोगिताको संयोजनको जिम्मा पाएको विपी मावि बयाले सिमताराले रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई तिब्र पारेको विद्यालयका प्रधानाध्यापक भागवत न्यौपानेले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here