- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरएकदिने प्रशिक्षण कार्यक्रम

एकदिने प्रशिक्षण कार्यक्रम

- Advertisement -spot_img

घोराही, ५ फागुन । दाङको घोराहीमा सकारात्मक सोचसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साझेदारी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतबार उक्त प्रशिक्षण कार्यक्रम भएको हो ।
संस्थाका अध्यक्ष सुशीला आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जीवन व्यवस्थापनका लागि सकारात्मक सोचको आवश्यकता हुने बताइएको थियो ।
कार्यक्रममा सकारात्मक सोचका अभियन्ता सुन्दर गौतमले मानवमा सकारात्मक सोच भएमात्रै जिम्मेवारी र काममा सफलबारे हुने बताए ।
उनले सकारात्मकता नै सफलता भएको उल्लेख गरे । जीवन सफल बनाउन सकारात्मक सोंचको विकास र कर्ममा अनुशासित बन्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरूले कुनै पनि संस्थामा पारदर्शीता, ईमान्दारिता र संस्थाप्रतिको उत्तरदायित्व बढाउँदै जान आवश्यक रहेको बताए । कार्यक्रम संस्थाका शिक्षा उपसमितीका संयोजक रमेश गौतमले सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here