- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeखेलकुदबबई पब्लिकमा स्पोट्र्स मिट

बबई पब्लिकमा स्पोट्र्स मिट

- Advertisement -spot_img

गोल्टाकुरी, ५ फागुन । दंगीशरण गाउँपालिका–१ गोल्टाकुरीमा रहेको बबई पब्लिक इङ्लिस स्कुलमा आइतबारदेखि स्पोर्ट्स मिट २०७६ सुरू भएको छ । फागुन ७ गतेसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा विभिन्न दशवटा खेल प्रतियोगिताहरू समावेश गरिएको विद्यालयका प्रधानाध्यापक सुवास वलीले जानकारी दिए ।
ग्रामीण क्षेत्रमा रहेर लामो समयदेखि शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको विद्यालयले आउँदो फागुन ७ गते हुन गैरहेको वार्षिकोत्सवको अवसर पारी स्पोर्ट्स मिट कार्यक्रमको आयोजना गरी खेल क्षेत्रलाई समेत महत्व दिएको भन्दै उद्घाटन कार्यक्रमका प्रमुख अथिति दंगीशरण गाउँपालिका वडा नं.२ वडा अध्यक्षसमेत रहेका श्रीप्रसाद चौधरीले विद्यालयको प्रशंसासमेत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार घिमिरेको अध्यक्षता तथा दंगीशरण गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष श्रीप्रसाद चौधरीको प्रमुख आतिथ्यता उद्घाटन गरिएको कार्यक्रममा दंगीशरण गाउँपालिका वडा नं. १ का वडा सदस्य नन्दराम खत्री विद्यालयका प्रधानाध्यापक सुवास वलीलगायतले आफ्ना भनाइ राखेका थिए भने शिक्षिका सम्झना आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षक मनिष चन्दले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here