- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदाङका पाँच क्याम्पसका लागि डेढ करोड बजेट

दाङका पाँच क्याम्पसका लागि डेढ करोड बजेट

- Advertisement -spot_img

दाङ, ४ फागुन । प्रदेश सरकारले दाङका सामुदायिक क्याम्पसहरूको पूर्वाधार निर्माणका लागि डेढ करोड रूपैयाँ विनियोजन गरेको छ
। जिल्लामा रहेका विभिन्न सामुदायिक क्याम्पसहरूको शैक्षिक स्तरोन्नतीका लागि ५ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा तथा समाजिक विकास निर्देशनालयले क्याम्पसको पूर्वाधार निर्माण र स्तरोन्नतीका लागि उक्त रकम विनियोजन गरेको हो ।
५ नम्बर प्रदेश सरकारले जिल्लामा रहेका सामुदायिक क्याम्पसहरूको शैक्षिक अवस्था सुधारका लागि १ करोड ४३ लाख वजेट विनियोजन गरेको छ ।
जसअन्तर्गत तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा चमेना गृह निर्माणका लागि ३० लाख बजेट विनियोजन गरेको छ भने घोराहीमा रहेको पद्मोदय क्याम्पसको भवन निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै लमही नगरपालिकामा रहेको देउखुरी बहुमुखी क्याम्पसमा ट्रष्ट निर्माणका लागि ३० लाख बजेट छुट्याएको छ । त्यसैगरी राप्ती गाउँपालिकामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको शौचालय मर्मतका लागि १३ लाख बजेट विनियोजन गरेको छ भने गढवा गाउँपालिकाको गढवा बुहमुखी क्याम्पसमा सूचना प्रविधि जडानका लागि १० लाख बजेट विनियोजन गरेको छ ।

प्रदेशका ६० क्याम्पसमा १४ करोड

प्रदेश सरकारले सामुदायिक क्याम्पसहरूका लागि १४ करोड बराबरको बजेट विनियोजन गरेको छ प्रदेश नम्बर ५ अन्तर्गतका विभिन्न क्याम्पसहरूमा उक्त रकम खर्च गर्न लागेको हो ।
सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालयले आफ्नो प्रदेशभित्र रहेका ६० वटा सामुदायिक क्याम्पसहरूको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको हो ।
५ नम्बर प्रदेश सरकारले दाङसहित विभिन्न जिल्लाका क्याम्पसहरूको स्तरोन्नतीका लागि १३ करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशका विभिन्न जिल्लामा रहेका क्याम्पसहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत क्याम्पसहरूलाई उक्त रकम उपलव्ध गराउने भएको हो ।
जसमध्ये दाङमा रहेका विभिन्न क्याम्पसहरूको भौतिक पूर्वाधार निर्माणका लागि कुल १ करोड ४३ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।
रूपन्देही जिल्लाका १२ वटा क्याम्पसका लागि २ करोड १० लाख बजेट विनियोजन गरिएको छ । कपिलवस्तु जिल्लाका सातवटा क्याम्पसका लागि १ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ ।
नवलपरासी जिल्लामा रहेका विभिन्न ६ सामुदायिक क्याम्पसको स्तरोन्नतीका लागि १ करोड १५ लाख रकम विनियोजन गरिएको छ ।
त्यसैगरी पाल्पाका ७ क्याम्पसका लागि १ करोड ३० लाख, गुल्मीका ६ वटा क्याम्पसका लागि १ करोड ३९ लाख, अर्घाखाँची जिल्लाका ३ क्याम्पसका लागि ९१ लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै बर्दियाका ८ वटा क्याम्पसका लागि १ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ भने बाँकेका २ क्याम्पसका लागि ८० लाख बजेट विनियोजन गरिएको छ ।
पूर्वी रूकुमको सिस्ने शिक्षा क्याम्पसको भवन निर्माणका लागि ६० लाख बजेट विनियोजन गरेको छ भने प्यूठानका ४ सामुदायिक क्याम्पसहरूको भौतिक पूर्वाधार निर्माणका लागि १ करोड बजेट विनियोजन गरिएको हो ।
सरकारले उपलव्ध गराएको अनुदान रकम तोकिएको पूर्वाधारमा मात्र खर्च गर्न पाउने गरी प्रदेशका ११ वटा जिल्लामा रहेका सामुदायिक क्याम्पसहरूको लागि उक्त रकम विनियोजन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here