- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsपत्ल्याउदै वन

पत्ल्याउदै वन

- Advertisement -spot_img

घोराही, ४ फागुन । साल प्रजातिको रूखको बाहुल्यता रहेको दाङमा सालवनको हैसियत सुधार गर्न पहिलो पटक डिभिजन वन कार्यालय दाङले विशेष कार्ययोजना बनाएर काम शुरू गरेको छ ।
पत्ल्याउने (थिनिङ कार्यक्रम)को पुरूक कार्ययोजना गराएर दाङका १६ वटा वनको एक सय हेक्टर बढी सामुदायिक वन क्षेत्रमा पत्याउने (थिनिङ कार्यक्रम) शुरू गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
सामुदायिक वनले आफ्नो स्वीकृत कार्ययोजना अनुसार वनको संरक्षण, गोडमेल, छट्नीकटनी, झाडी सफाई र सदुपयोगको काम बिगतका बर्षहरूदेखि गर्दै आइरहेकोमा वनको आवश्यकता
अनुसारको पत्ल्याउने काम नभएको हुँदा सालको वनको हैसियतमा सुधार हुन नसकेको अवस्थामा वन पत्ल्याउने काम शुरू गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवाली जानकारी दिएका छन ।
वनमा लाथ्रा र पोलको उचित स्टक कायम गरी बोटबिरूवाबीच प्रतिस्पर्धा कम गर्दै समग्र वनको वृद्धि बढाउनुको साथै गुणस्तरिय वन पैदावार उत्पादनमा टेवा पु¥याउने,
वनमा बोटबिरूवाको उचित संख्या कायम गरी वनको हैसियतमा सुधार गर्ने, समुदायको वन पैदावारको माग आपूर्ति गर्ने र रोग प्रकोप न्यूनीकरण गर्ने तथा साना साइजका सालका रूख (पोल) को वृद्धि विकास गर्न पत्ल्याउने काम शुरू गरिएको हो ।
साल प्रजातीको रूख अधिक प्रकाश चाहिने प्रजाती भएको तथा सानो विरूवालाई उपयुक्त वातावरण दिएर बढाउनभन्दा बढिसकेको बोटबिरूवालाई उपयुक्त वातावरण दिदा वनलाई चाँडै उपल्लो तहमा पू¥याइ छिटो कटानयोग्य वनमा परिणत गराउन सहज हुने हुँदा तलबाट पत्ल्याउने (थिनिङ फर्म विलो) विधिलाई अबलम्वन गरिएको डिभिजनल प्रमुख ज्ञवालीले जानकारी दिए ।
थिनिङ कार्यक्रमले वनको हैसियत सुधार गर्ने, साइज अनुसार प्रतिहेक्टर हुनुपर्ने रूख कायम गर्ने, राम्रा, गुणस्तरीय र उत्पादनशील रूख राख्न सहयोग पुग्ने विश्वास डिभिजन वन अधिकृत ज्ञवालीको विश्वास छ ।
दाङका १६ वटा सामुदायिक वनको पत्ल्याउने क्रियाकलाप कार्यान्वयनको पुरक कार्ययोजना बनाई डिभिजन वन अधिकृतबाट स्वीकृतपछि कामको थालनी गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । ।
सो कार्यक्रमअन्तर्गत फागुन १ गतेदेखि घोराही उपमहानगरपालिकाका अन्तर्गतका बसन्त हरियाली, कालिका र चरिङ्गेदह सामुदायिक वनमा काम शुरू भइसकेको छ ।
अन्य सामुदायिक वनमा पनि तत्काल काम थालिने सूचना अधिकारी केसीले जानकारी दिए । डिभिजन वन कार्यालय दाङका आठवटा सवडिभिजन कार्यालय अन्तर्गत प्रत्येकमा २÷२ वटा गरी १६ वटा सामुदायिकमा थिनिङ कार्यक्रम गर्न लागिएको छ ।
पत्ल्याउने कामका लागि अम्विकेश्वरी सवडिभिजन वन कार्यालयअन्तर्गतका बसन्त हरियाली र कालिका वन समूह, सुनपुर सवडिभिजनअन्तर्गतका चरिङ्गेदह र बसन्तापुर, नारायणपुर सवडिभिजन वन कार्यालयअन्तर्गतका खजुरे र हयिाली सामुदायिक वन समूह,
तुलसीपुर सवडिभिजन वन कार्यालयअन्तर्गतका जनता र धारापानी पुरन्धारा सवडिभिजन वन कार्यालयअन्तर्गतका मथुरा सल्लिकोट र पनेसुवा सामुदायिक वन, दंगीशरण सव डिभिजन वन कार्यालय–
अन्तर्गतका हात्तीखाल र राधाकृष्ण सामुदायिक वन समूह र कमिरेचौर सवडिभिजन वन कार्यालयअन्तर्गतका सिद्धमण्डली र मौवालेख सामुदायिक वनमा पत्ल्याउने कार्यक्रम गरिने थिनिङ कार्यक्रम संयोजक सहायक वन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
पूरक कार्ययोजना बनाएर थिनिङ कार्यक्रम दाङमै पहिलो पटक शुरू गरिएको हो । थिनिङ कार्यक्रमबाट करिव ७० हजारको संख्यामा सानाभाटा, १४ हजार बल्लाबल्ली, १५ हजार क्यूफिट काठ र एक सय चट्टा दाउरा संकलन हुने छ । कार्ययोजनमा भएको प्रावधान अनुसार थिनिङ कार्यक्रमबाट संकलित वन पैदावारहरू उपभोक्ताहरूलाई बिक्री वितरण गरिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here