- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsसक्सेसको १३औँ वार्षिकोत्सव, जनशक्ति उत्पादनमा अब्बल निजी विद्यालय

सक्सेसको १३औँ वार्षिकोत्सव, जनशक्ति उत्पादनमा अब्बल निजी विद्यालय

- Advertisement -spot_img

तुलसीपुर, ४ फागुन । सप्तरङ्गी इङ्लिस् मिडियम स्कुल (सक्सेस) ले आफ्नो १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा रहेको विद्यालयले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता तथा वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा विद्यालयको वार्षिकोत्सव कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढकालले शैक्षिक यात्रामा निजी विद्यालयले सरकारलाई सहयोग गरेको बताए । उनले सामुदायिक विद्यालयमा सरकारले लगानी गरे पनि शिक्षाको गुणस्तर आउन नसकेको भन्दै शिक्षाको अभावलाई संस्थागत विद्यालयले पूरा गरेको बताए ।
‘वडा नम्बर ९ मा कम्तीमा पनि ८० प्रतिशत बालबालिका निजी विद्यालयमा जाने गरेका छन्, सरकारले लगानी गरेको विद्यालयले विद्यार्थी तथा अभिभावकको मन जित्न नसकिरहेको अवस्थामा संस्थागत विद्यालयले अभावको पूर्ति गरेको छ’ उनले भने–
‘शिक्षा नीतिका कारण संस्थागत विद्यालयले खेप्नुपरेको समस्यालाई समाधानका लागि मैले उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने गरेको छु ।’
संस्थागत विद्यालयले भोग्नुपरेको समस्या समाधानमा आफू गम्भीर रहेको उनको भनाइ छ । ‘संस्थागत विद्यालयले गुणस्तरीय शिक्षाका लागि खेलेको भूमिका महत्वपूर्ण खेलेका छन्’ उनले भने–
‘निजी लगानीमा पनि संस्थागत विद्यालयले शैक्षिकस्तर सुधार हुँदा समाज र देशका लागि चाहिने असल जनशक्ति उत्पादनमा सहयोग पुगेको छ ।’ उनले विद्यालयले बालबालिकाको रूचि चाहनालाई बुझ्न सकेमात्रै शैक्षिक गुणस्तरमा अपेक्षाकृत हासिल गर्न सक्ने बताए ।
‘बालबालिकाको रूचि चाहनाअनुसार पठनपाठन हुुनुपर्छ, बालमैत्री शिक्षा अहिलेको आवश्यकता हो’ उनले भने– ‘अहिले बालबालिकालाई डर त्रासमा अध्यापन गराएर शिक्षामा सोचेजस्तो प्रगति हासिल गर्न सकिन्न् ।’
कार्यक्रममा नेशनल प्याब्सन दाङका अध्यक्ष बिमल गौतमले दुईथरी शिक्षा नीति हुँदा संस्थागत विद्यालयले विभिन्न समस्या झेल्नुपरेको बताए ।
संस्थागत विद्यालय दक्ष जनशक्ति उत्पादनमा अब्बल देखिएपनि सरकारले साँघुरो घेरामा राख्ने प्रयास गरेको बताए । उनले शिक्षाको गुणस्तरीयताका लागि विद्यालयका शिक्षक मात्र नभई अभिभावकको पनि महत्वपूर्ण दायित्व रहेको भन्दै आफ्ना बालबालिकाप्रति अभिभावक बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, वरिष्ठ उपाध्यक्ष जीवन चौधरी, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाललगायतले विद्यालयले शैक्षिक गुणस्तरतासँगै गरिब तथा विपन्न परिवारका बालबालिका पढ्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका भाइस प्रिन्सिपल प्रदिप वलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा विद्यालयमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रलाई पुरस्कार वितरण गरिएको थियो ।
विस २०६३ सालमा स्थापना भएको विद्यालयले १३औँ स्थापना दिवसको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम गरेर शनिबार स्थापना दिवस मनाएको हो ।
विद्यालयमा अहिले ६ सय ५२ जना विद्यार्थी अध्ययन अध्यापन गरिरहेको विद्यालयका प्रिन्सिपल छविकुमार वलीले जानकारी दिए । कार्यक्रमको सहजीकरण विद्यालयका कोर्डिनेटर गोपाल गिरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here