- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरदाङ पर्यटनको लागि उत्कृष्ट गन्तब्य

दाङ पर्यटनको लागि उत्कृष्ट गन्तब्य

- Advertisement -spot_img

पर्यटन एक गतिशील क्षेत्र र व्यवसाय हो । पर्यटनमा धेरै अवसरहरू हुन्छन् । यसको अर्थ पर्यटन क्षेत्रमा त्यतिकै मात्रामा चुनौतीहरू पनि छन् । समग्रमा भन्नुपर्दा पर्यटन क्षेत्र अवसर र चुनौती पनि हो ।
दाङमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरू रहेका छन् । तीर्थाटन पर्यटन, ग्रामीण पर्यटन, ऐतिहासिक पर्यटन र प्राकृतिक सम्पदाका कैयौँ अवलोकन गर्ने स्थलहरू छन् । तर हामी नयाँ–नयाँ प्रविधिमा परिष्कृत छैनौँ ।
हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । पर्यटनको लागि नयाँ गन्तव्यहरूको खोजी गर्ने र तिनलाई प्रवद्र्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ ।
नेपालको प्रदेश नम्वर ५ प्रकृतिको धनी छ । तराई, पहाड र हिमाली भू–बनोटकै कारण पनि यो प्रदेश चर्चित भएको छ । त्यसमाथि सुन्दर भू–बनोटका कारण दाङलाई सुन्दरभूमिको राजधानी पनि भन्न सकिन्छ ।
त्यसैकारण यतिखेर दाङ पर्यटन व्यवसाय वा पर्यटन उद्योगबाट विकास हुन्छ भन्ने कुरामा आशावादी छौं । पर्यटन उद्योगको विकास र विस्तारले विदेशी मुद्रा आर्जन हुन्छ र क्रमशः जिल्ला प्रदेश र मुलुकको आर्थिक विकास हुन जान्छ ।
हाम्रो पर्यटन उद्योगको विकास र विस्तारका लागि प्रचारप्रसारको साथै पूर्वाधार विकासका लागि लगानीको आवश्यक छ । अब पर्यटन उद्योगमा केन्द्रीय, प्रदेश र स्थानीय निकायले लगानी गर्ने योजना बन्नु पर्दछ ।
प्रचारप्रसार एवं पूर्वाधारको विकास हुने हो भने अब दाङमा काठमाडौँ, लुम्बिनी वा पोखरा आएका पर्यटकहरूलाई दाङमा ल्याउन सकिन्छ । जिल्लामा भित्रिएका पर्यटकहरूको बसाई लम्बाउन सकिन्छ ।

पर्यटकहरूलाई आकर्षित गर्नका लागि हामीले आफ्नो आनीबानी र उनीहरूप्रतिको व्यवहार परिवर्तन गर्नुपर्छ । अहिले पनि छिमेकी मुलुक भारतबाट आउने पर्यटकहरूलाई हेयको व्यवहार गर्ने प्रचलन छन् । अहिले स्वर्गद्वारी र रिहार आउने भारतीय पर्यटकहरूले आफ्नो खानपिनको बन्दोबस्त उतैबाट गर्छन् । उनीहरूमध्ये धेरैजसो पैदल यात्रामार्फत स्वर्गद्वारी जाने गरेका छन् । पैदल यात्रामार्फत स्वर्गद्वारी जाने पर्यटकहरूलाई बीचमा विभिन्न स्थानमा धर्मशालाको निर्माण गर्न सकिन्छ ।


ठूलो संख्यामा पर्यटकहरू जिल्लामा भित्रिदा पर्यटन उद्योगमा लगानीको साथसाथै रोजगारी पनि बढ्दै जान्छ । परिणामस्वरूप पर्यटन क्षेत्रले दाङलाई रोजगारको साथसाथै आयआर्जनमा समेत राम्रो प्रतिफल दिने देखिन्छ । पर्यटनबाट मानिसहरूलाई रोजगारी पनि प्राप्त हुन्छ । जुन कारणले जनताको जीवनस्तरमा पनि सुधार आउछ ।
जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले गतिलो मार्ग प्राप्त गर्छ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरूरी छ ।
एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गएपनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरूमा रकम खर्च गर्नुपर्ने हुन्छ ।
उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै आर्थिक उन्नतीमा समेत सहयोग पुग्दछ । त्यसैले अर्थतन्त्रलाई पनि सुधार ल्याउनको लागि सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरूरी छ ।
समग्र रूपमा पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा दाङमा आउने पर्यटकको संख्यामा कमि देखिएको छ । ऐतिहासिक, पुरात्वातिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ ।
पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा अब केन्द्रीय सरकार र स्थानीयतहले लगानी बढाउनुपर्दछ । पर्यटकको क्षेत्रमा सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतीक पूर्वाधार निर्माण गर्न आवश्यक छ ।
अहिलेसम्म पर्यटन क्षेत्रको विकासमा लगानी नै भएको छैन भन्दा पनि फरक नपर्ला ? किनकी हरेर वर्षमा दाङमा आउने पर्यटकको संख्यालाई नियाल्ने हो भने खासै प्रगती हुन सकेको छैन ।
प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाई’, ‘संस्थागत व्यवस्थापन’,
‘समन्वय र संख्या बढाउने’ को अवधारणालाई अब दाङ जिल्लाका सबै स्थानीय तहले रणनीतिक अभियानकै रूपमा लैजान पर्दछ । बन्द रहेको हवाई सेवाको सञ्चालनमा ल्याउन पर्दछ ।
हामीले पर्यटनको विकासभन्दा अहिले म्म धार्मिक वा ऐतिहासिक महत्वको स्थानहरू र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानहरूलाई नै महत्व दिने गरिएको छ ।
तर पर्यटन क्षेत्रको विकासमा एउटा अर्को पक्ष पनि छ, त्यो हो ग्रामीण पर्यटन । यो पक्षलाई विकास गर्न प्रयत्न गरियो भने त्यसले पर्यटनको विकासमा एउटा नयाँ आयाम थप्ने छ । अर्को शब्दमा त्यसले पर्यटनको विकासमा गुणात्मक फड्को नै ल्याउने छ ।
पर्यटक भन्नाले देशभित्र वा बाहिरबाट आउने मानिसहरूलाई नै बुझ्नुपर्दछ । तर त्यससित जोडिएको अर्को आन्तरिक पक्ष पनि छ । त्यो हो ग्रामीण विकास । ग्रामीण पर्यटन र ग्रामीण विकासको आपसमा घनिष्ट सम्बन्ध छ ।
एकातिर, ग्रामीण विकास नभईकन ग्रामीण पर्यटनको विकास हुनसक्दैन । अर्कोतिर, पर्यटनले ग्रामीण विकासमा मद्दत पु¥याउँछ । त्यसरी पर्यटनसित जोडिएपछि गाउँहरूको विकासको सम्भावना बढेर जान्छ ।
त्यसको अर्थ यो पनि हुन्छ, नेपालमा ग्रामीण पर्यटनको विकास हुनु भनेको गाउँहरूको पनि विकास हुनु हो । त्यो अवस्थामा शहरहरूमा केन्द्रित रहेको विकास गाउँहरूमा विस्तार हुनेछ ।

होमस्टेको अवधारणले ग्रामीण क्षेत्रमा पुगेका पर्यटकहरूलाई बसोबासलगायत स्थानीय कलासंस्कृति, रीतिरिवाज तथा परम्परा र रहनसहनको उत्कृष्ट अनुभव हासिल गर्नसमेत सहज हुन्छ । त्यस्तै पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण क्षेत्रमा पु¥याउन, ग्रामीण क्षेत्रका जनतालाई पर्यटन सेवामा सहभागी गराउन,
स्थानीयस्तरमा स्वरोजगार सिर्जना गर्न होमस्टेले धेरै सहयोग पुग्दछ । तर यसको लागी गाउँमा पर्यटन पु¥याउन पहिला पर्यटन विकासको पूर्वाधार भने हुनुपर्दछ ।
गाउँमा होमस्टे सञ्चालनमा ल्याएर मात्र हुँदैन । गाउँको सरसफाई, गाउँसम्म पुग्ने सडक, स्वास्थ्य केन्द्र, सञ्चारको सुविधा र पर्यटकहरूलाई सुरक्षाको अनुभूति दिलाउन सक्नुपर्दछ ।
नेपालको पहिलो पर्यटन गाउँ हो सिरूबारी । स्याङ्जा जिल्ला पञ्चमुलको गुरूङबस्तीलाई सिरूबारी भनिन्छ । सिरूवारीमा पर्यटकहरूको लागि होमस्टे सुविधा छ । नेपालमा होमस्टे पर्यटनको शुभारम्भ सिरूबारीबाट नै भएको हो ।
सिरूवारीमा ०४८ सालदेखि पूर्वाधार विकासको सुरूवात भएर ०५४ असोजमा सिरूबारीलाई पर्यटन गाउँ घोषणा गरिएको हो । यतिखेर सिरूवारीमा दैनिक सयौँको संख्यामा पर्यटकहरू पुग्ने गर्दछन् ।
गुरूङ जीवनशैली र संस्कृति एवं हिमाली सौन्दर्यमा सिरूबारीका पर्यटकहरू रमाउछन् । अहिले सिरूवारीको सिको धेरै जिल्लामा पुगेको छ । पर्यटनको विकासमा होमस्टे सफल भएको छ ।
दाङमा पर्यटनको विकास गर्न होमस्टे, ग्रामीण पर्यटन, स्थानीय प्रविधि र साधनमा प्राथमिकता दिनुपर्दछ । होमस्टे सञ्चालनमा आएका गाउँलाई पुन सञ्चालनमा ल्याउनुपर्दछ ।
दाङ सुरक्षित, शान्त र सुन्दर जिल्ला हो भन्ने सन्देश दिन पर्दछ । दाङ जिल्लामा रहेका पर्यटकीय गन्तव्यस्थलमा भौतिक पूर्वाधार निर्माण हुनपर्दछ ।
निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि सञ्चालनमा ल्याउन जरूरी छ । धारपानी पाण्डवेश्वरको मन्दिर अहिले यस ोत्रकै प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । विश्वको सबैभन्दा अग्लो त्रिशुल स्थापना गरेर हिन्दू तीर्थाटन पर्यटकहरूलाई धारापानी आकर्षित गर्ने स्थल भएको छ ।
जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरूको पहिचान गरेर पूर्वाधार बनाउनसके दाङलाई पर्यटन हवको रूपमा विकास गर्ने सम्भावनाहरू धेरै छन् । प्रत्येक वर्ष देउखुरीको सतवरियास्थित रिहारमा लाखौँ छिमेकी मुलुक भारतबाट तीर्थाटन पर्यटकहरू आउने गरेका छन् ।
दाङको बाटो भएर भारतीय पर्यटकहरू छिमेकी जिल्ला प्यूठानमा रहेको स्वर्गद्वारी आश्रममा जाने गरेका छन् । रिहार आउने र दाङ भएर स्वर्गद्वारी जाने पर्यटकहरूलाई हामीले तीर्थाटनका पर्यटकहरूको भ्रमणलाई कम्तिमा एकदिन लम्बाएर दाङमै बसाल्ने वातावरण तयार गर्नसके मात्र होटल व्यवसायमा उल्लेख्य सुधार आउने छ ।
दाङमा आन्तरिक तथा वाह्य पर्यटकहरू भित्र्याउने प्रशस्त सम्भावनाहरू छन् । विशेषत यहाँ आउने पर्यटकहरू धार्मिक आस्थाका कारण आउने गरेका पाइन्छ । हामीले उनीहरूलाई थप मनोरञ्जनका लागि लगानी गर्न सके पर्यटकको संख्या बढाउन सकिन्छ ।
दाङको पर्यटन प्रवद्र्धनका लागि हामीले यहाँका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा प्रवद्र्धन गरेर मात्र पुग्दैन । कम्तिमा लुम्बिनी आउने पर्यटकलाई दाङको बाटो हँुदै स्वर्गद्वारीसम्म पु¥याउन सक्ने हो भने यसको प्रत्यक्ष लाभ दाङले लिनसक्छ । लुम्बिनी–धारपानी–स्वर्गद्वारी हुँदै पुनः दाङ फर्किन सक्ने वातावरण तयार गर्नुपर्छ ।
साथै जिल्लामा रहेका बाह्रकुने ताल, गणेशपुर पार्क, मुलकोटको चमेरे गुफा, ऐतिहासिक छिल्लीकोट, थर्कोट, सवारीकोट,
बंगलाचुलीजस्ता सम्पदाको उचित प्रवद्र्धन गर्नसकेमा आन्तरिक पर्यटकहरूको संख्या बढन सक्नेछ । पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार आवश्यक भए पनि पर्यटकहरू गन्तव्यस्थलमा जाने भौतिक पूर्वाधार र त्यहाँ अवलोकन गर्ने वस्तु नहुँदासम्म त्यसको सार्थकता रहदैन ।
दाङमा पर्यटकीय क्षेत्रको विकास गर्न पर्यटन गुरूयोजना बनाउनुपर्छ । गुरूयोजनाको आधारमा प्राथमिकता अनुसार जिल्लाभित्र रहेका मठमन्दिर, तालतलैया र प्राकृति सम्पदाको संरक्षण गर्नुपर्दछ ।
घोराहीमा रहेको गोरक्ष सिद्धरत्ननाथको मन्दिर, अम्बिकेश्वरी मन्दिर, हापुरको नारेवाङको गढीटाकुरा भगवतीको मन्दिर, बाह्रकुने दह, ज्यामिरे दह, लरैना ताल, रामपुरको चरिङे दह, नम छुः बौद्धगुम्वा पाण्डवेश्वर महादेव धाम धारापानी,
स्युजाको बागेश्वरी मन्दिर, गढीलेकलाई पर्यटकहरू रम्न सक्ने वातावरण निर्माण गर्नुपर्दछ । तुलसीपुर क्षेत्रमा रहेका चमेरे गुफा, छिल्लीकोट, थर्कोट, राजाकोट, गौरीताल, राप्ती शान्ति उद्यान, त्रिसिद्धेश्वरी मन्दिर, सुकौराको ऐतिहासिक स्थल, पुरन्धाराको झरना,
देउखुरी उपत्यकामा रहेका बाघनाथ बाबा जंगलकुटी, देवीकोटको भद्राक्षीदेवी मन्दिर, लमहीको जखेरा तालजस्ता पर्यटकीय क्षेत्रमा लगानी गर्दै जानसके दाङ पर्यटन प्रवद्र्धनका लागि उत्कृष्ट गन्तब्य बन्दछ ।
देउखुरीको चुरे शृङ्खलामा लमहीदेखि सोरठी, रातामाटा, सितलपुर, बौराह, थरिकोट, देवीकोट, रूपाकोटजस्ता पुराना बस्तीहरू रहेका छन् । ती गाउँहरू पर्यटकहरूको लागि अध्यन अनुसन्धान गर्नलाई महत्वपूर्ण स्थल मानिन्छ ।
अर्कोतर्फ दाङका आदिवासी थारू जातिको संस्कृतिभित्र रहेको कठ्घोरी नाच, झुमरा नाच, फरसहिया नाच, बर्का नाच, संख्या पैयाँ नाचलाई समेत पर्यटनको विकासको लागि संरक्षण गर्न जरूरी छ ।
पर्यटकहरूलाई आकर्षित गर्नका लागि हामीले आफ्नो आनीबानी र उनीहरूप्रतिको व्यवहार परिवर्तन गर्नुपर्छ । अहिले पनि छिमेकी मुलुक भारतबाट आउने पर्यटकहरूलाई हेयको व्यवहार गर्ने प्रचलन छन् ।
अहिले स्वर्गद्वारी र रिहार आउने भारतीय पर्यटकहरूले आफ्नो खानपिनको बन्दोबस्त उतैबाट गर्छन् । उनीहरूमध्ये धेरैजसो पैदल यात्रामार्फत स्वर्गद्वारी जाने गरेका छन् ।
पैदल यात्रामार्फत स्वर्गद्वारी जाने पर्यटकहरूलाई बीचमा विभिन्न स्थानमा धर्मशालाको निर्माण गर्न सकिन्छ । घोराहीमा पनि त्यस्ताखाले धर्मशालाहरू खोल्नसकेमा कम पैसा खर्च गर्न सक्ने पर्यटकहरूले केही न केही रकम खर्च गर्न सक्छन् । जिल्लामा रहेका थुप्रै पर्यटकीय गन्तव्य स्थलहरूमा पर्यटकहरूलाई पु¥याउन सकिन्छ ।
मानिसले परिवर्तनको अपेक्षा हरबखत गरिरहन्छ । कुनै नयाँ स्थानमा गएर नयाँ–नयाँ अनुभवहरू सङ्गाल्ने र ती अनुभवहरू आफ्ना साथीभाइ परिवारका सदस्यहरूलाई बाँड्ने इच्छा हरपल बोकिरहेको हुन्छ मानिसले ।
जीवनलाई अनुभवहरूको सङ्गालो पनि भनिन्छ । त्यसको लागि भ्रमण अत्यन्तै महत्वपूर्ण हुन्छ । अझ आफ्नो मन मिल्ने साथीहरू तथा घरपरिवारका सदस्यहरूसँग गरिएको भ्रमणबाट धेरै कुरा सिक्ने मौका प्राप्त हुन्छ ।
पढेरभन्दा पनि आफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरूलाई अरूसँग बाँड्दा पनि छुट्टै आनन्द आउँदछ । भ्रमणलाई मनोरञ्जनका रूपमा मात्रै लिइनु हुँदैन ।
कुनै पनि नयाँ–नयाँ स्थानहरूमा पुग्नासाथ आफूलाई रूची लागेको क्षेत्रहरूका बारेमा कुनै पनि ऐतिहासिक वा पुरातात्विक महत्वका क्षेत्रहरूका सन्दर्भमा जानकारी लिने र त्यसका बारेमा टिपोटहरू तयार गर्नका लगि समय दिनुपर्दछ । यसरी तयार गरिएका टिपोटहरूबाट यात्रा संस्मरण वा नियात्रा लेख्न पनि सकिन्छ ।
दाङ अहिले प्रदेश नम्वर ५ मा पर्दछ । दाङ एसियाकै दोस्रो ठूलो उपत्यका पनि हो । नयाँ संरचना अनुसार दाङमा अहिले तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका र सात गाउँपालिका भएको छ । सात गाउँपालिकामा बंगलाचुली, दंगीशरण, गढवा, राजपुर, राप्ती, शान्तिनगर र बबई गाउँपालिका भएको छ ।
पर्यटनको विकास गर्नको लागि स्थानीय बासिन्दाहरूमा कला, संस्कृति र सीपको विकास हुन जरूरी छ । जुन सीपले आयआर्जन गर्न सकोस्, अर्थात् उनीहरूले उत्पादन गरेका वस्तुहरू पर्यटकहरूले किन्न सकून् । अनिमात्र हुन्छ दाङमा पर्यटनको विकास ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here