- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरशिवरात्रीमा जखेरा महोत्सव

शिवरात्रीमा जखेरा महोत्सव

- Advertisement -spot_img

देउखुरी, ४ फागुन । दाङकै प्रसिद्ध पर्यटकीयस्थल जखेरा ताल परिसरमा जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले यही फागुन ८, ९ र १० गते चौथो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव लगाउने भएको छ ।
‘ताल तलैया तथा पर्यटकीयस्थलको संरक्षण गरौँ, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौँ’ भन्ने मूल नारा रहेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरेर महोत्सव हुने जानकारी गराएको हो ।
महोत्सवमा करिब बीस हजार पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको बताएको छ । मेलामा ७० वटा स्टल रहने छन् । महोत्सवबाट संकलन भएको रकमबाट सम्पूर्ण खर्च कटाएर ३ लाख बचत गर्ने योजना रहेको छ । मेलामा प्रवेश शुल्क ५० रूपैयाँ निर्धारण गरिएको छ ।
स्टल राख्नेका लागि प्रतिस्टल भाडा तीन हजार हुनेछ । सुन्दर पर्यटकीयस्थलको अवलोकन, आकर्षक डुंगाबाट ताल परिक्रमा गर्न सकिने, महाशिवरात्री पर्वको अवसरमा सिद्धेश्वर महादेव स्थानमा विशेष पूजा आराधना,
स्थानीय कला संस्कृति झल्किने विभिन्न झाँकीहरू, स्थानीय थारू परिकारको स्टलहरू, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति मेलाका मूख्य आकर्षक रहेको छ ।
मेलालाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । जसमा रविध्वज थापाको संयोजकत्वमा पाँच सदस्यीय महोत्सव सचिवालय उपसमिति, बाबुराम चौधरीको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक उपसमिति र सुरज पाण्डेको संयोजकत्वमा ुसात सदस्यीय व्यवस्थापन उपसमिति गठन भएको छ ।
जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण महासचिव लोकमणि बन्जाडेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here