- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरविजौरी उवासंघमा उम्मेदवारी

विजौरी उवासंघमा उम्मेदवारी

- Advertisement -spot_img

विजौरी, ४ फागुन । विजौरी उद्योग वाणिज्य संघको फाल्गुण ८ गते हुने चुनावको लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिको कार्यतालिका अुनसार दिउँसो १२ बजेदेखि बेलुकाको ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको थियो । सर्वसहमतिमा कार्यसमिति गठन हुन नसकेपछि संघमा निर्वाचन हुन लागेको हो ।
उम्मेदवारी दिनेमा नेकपाबाट अध्यक्ष पदको लागि प्रेमनाथ योगी, वाणिज्य उपाध्यक्षमा पूर्ण बहादुर डाँगी, उद्योग उपाध्यक्षमा रामबहादुर डाँगी (बादलपारी), महासचिवमा दुर्गाबहादुर विक,
कोषाध्यक्षमा च्यावन उपाध्याय, सचिवमा यज्ञबहादुर पुन, महिला सदस्यमा बविता केसी (बली), उद्योग सदस्यमा खिमबहादुुर विक र सदस्यहरूमा रविन बस्नेत, कमलकुमार विष्ट, गोविन्द बहादुर रोका, प्रेमबहादुर विक, मिनबहादुर बस्नेत र डंकबहादुर वली रहेका छन् ।
त्यस्तै नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा वीरेन्द्र खड्का, वाणिज्य उपाध्यक्षमा दुर्गा बस्नेत, उद्योग उपाध्यक्षमा बालकृष्ण रेग्मी (शम्भु), महासचिवमा विदुर गौतम,
कोषाध्यक्षमा चित्रबहादुर खड्का, सचिवमा दिपककुमार बस्नेत, महिला सदस्यमा इवा कुमारी लामिछाने, उद्योग सदस्यमा श्रीप्रसाद चौधरी र सदस्यहरूमा देवबहादुर डाँगी, शिवराज खत्री, रेश्मीराज खड्का, डिल्लीबहादुर खत्री, लिलाधर वली, कर्णबहादुर वली रहेका छन् ।
अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारीबाट लेखनाथ खत्री (पुन्टे)को उम्मेदवारी दर्ता भएको विजौरी उद्योग वाणिज्य संघ निर्वाचन समितिका संयोजक प्रकाश रेग्मीले जानकरी दिएका छन् । त्यस्तै निर्वाचन समितिका अनुसार फागुन ८ गते बिहान ८ बजेदेखि सुरू हुने निर्वाचनमा ४ सय ६२ जना मतदाता रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here