- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरसमाजवादी पार्टीको संगठन विस्तार

समाजवादी पार्टीको संगठन विस्तार

- Advertisement -spot_img

तुलसीपुर, ४ फागुन । समाजवादी पार्टी दाङले संगठन विस्तारलाई तिब्रता दिएको छ । पार्टीले विभिन्न गाउँ तथा टोल–टोलमा आफ्नो संगठनलाई विस्तार गर्दै लगेको हो । यसैक्रममा पार्टीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा शनिवार वडा समिति गठन गरेको छ ।
भेलाले केशव वलीको अध्यक्षतामा सात सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तुलसा भण्डारी, सचिवमा उषा भण्डारी, कोषाध्यक्षमा भागी भण्डारी रहेका छन् । यस्तै समितिको सदस्यमा गौरी डाँगी, प्रेमबहादुर डाँगी र गीता योगी रहेका छन् ।
समाजवादी पार्टी दाङका उपाध्यक्ष मोहनसिंह वलीको अध्यक्षता एवं प्रदेश सदस्य तथा केन्द्रीय सदस्य हरि रिजालको प्रमुख आतिथ्यता एवं जिल्ला सहइञ्चार्ज टोपबहादुर महतारा विशिष्ठ आतिथ्यतामा वडा समिति गठन गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले समाजवादी पार्टीले सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।
जिल्ला सहइञ्चार्ज टोपबहादुर महताराले देशमा राजनीति सहीढंगबाट सञ्चालन हुन नसकेको भन्दै समाजवादी पार्टी स्वच्छ समाजसेवा गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here