- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरमानव स्वास्थ्यका लागि योग

मानव स्वास्थ्यका लागि योग

- Advertisement -spot_img

शान्तिनगर, ४ फागुन । मानवीय स्वास्थ्यका लागि योग महत्वपूर्ण रहेको कार्यक्रमका सहभागीहरूले बताएका छन् । स्वस्थ र संस्कारयुक्त समाज निर्माणका लागि पछिल्लो समय योगले नयाँ शिक्षा प्रदान गरेको भन्दै योगलाई हरेक क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।
शनिबार शान्तिनगर गाउँपालिका वडा नं. ७ को आयोजना तथा पतञ्जली योग समिति दाङको समन्वयमा भएको एक दिवसीय योग जागरण अभियानका सहभागीहरूले मानव जीवनमा रोग, हिंसा र अहंकारलाई योगको माध्यमबाट नष्ट गर्न सकिने बताएका हुन् ।
कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष पिमलाल वलीको अध्यक्षता गाउँपालिका उपाध्यक्ष मिथिला शाहको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले गाउँपालिका योगप्रति सकारात्मक भएको भन्दै यसको क्षेत्र विस्तारका लागि गाउँपालिकाले विभिन्न वडाहरूमा बजेट विनियोजन गरेको जानकारी दिइन् । योगले मन, बचन र कर्मलाई स्वस्थ राख्ने भन्दै योग जागरण सबैका लागि अत्यावश्यक रहेको बताईन्
कार्यक्रममा पतञ्जली योग समिति दाङका अध्यक्ष उदयबहादुर डाँगी, उपाध्यक्ष विनोद चौधरी, पतञ्जली योग युवा समितिका उपाध्यक्ष शम्भु गिरी,
दंगीशरण योग समितिका संयोजक रोबर सिंह ढकाल, निर्मला डाँगीलगायतले योगको महत्व र आवश्यकताका बारेमा चर्चा गरेका थिए । कार्यक्रम पतञ्जली योग समिति प्रदेश नं ५ का प्रशिक्षक एवं प्रशिक्षण विभाग प्रमुख दिपक बस्यालले सहजीकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here