- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरमाटो व्यवस्थापनः उब्जनीको मूल आधार्

माटो व्यवस्थापनः उब्जनीको मूल आधार्

- Advertisement -spot_img

माटो भन्नाले पृथ्वीको सतहमा रहेको पहिलो भाग हो जहाँ प्राङ्गारिक पदार्थ, खनिज पदार्थ र जीवित जीवहरू रहने गर्दछन् । पृथ्वीका सम्पूर्ण बोटबिरूवाहरू माटाको नै आधार मानेर हुर्कने हुनाले माटोको विकल्प कहिल्यै सोंच्न सकिन्न ।
बोटबिरूवाहरूले आफ्नो जीवनचक्र पूरा गर्दा चाहिने सम्पूर्ण खाद्यतत्वहरू माटोबाट नै लिने गर्दछन् । बोटबिरूवाहरूले आफ्नो जीवनचक्र पूरा गर्नका लागि १६ वटा तत्वहरूको आवश्यकता पर्दछ । यी १६ वटा खाद्यतत्वहरू निम्नानुसार छन्, जसलाई मुख्यतया चार भागमा विभाजन गर्न सकिन्छः–
क) प्राकृतिक स्रोतका रूपमा पाइने खाद्यतत्वहरूः कार्बन, हाइड्रोजन र अक्सिजन ।
ख) मुख्य खाद्यतत्वहरूः नाइट्रोजन, फस्फोरस र पोटास ।
ग) सहायक खाद्यतत्वहरूः क्यालसियम, म्याग्नेसियम र सल्फर ।
घ) सूक्ष्म खाद्यतत्वहरूः बोरोन, जस्ता (जिंक), म्यानग्निज, मोलिबडेनम, तामा, फलाम र क्लोरिन ।
माथि उल्लिखित खाद्यतत्वहरूले आ–आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
अहिलेको अवस्थामा खेतबारीबाट बढी उत्पादन तथा गुणस्तरीय उत्पादन गर्नका लागि खेतीपातीको मूल आधार मानेको माटाको राम्रोसँग व्यवस्थापन गरी १६ वटा तत्वहरूको उचित मात्रामा ख्याल राखेमा मात्र खेतीपाती गर्नमा कृषकहरू सफल हुन्छन् ।
सामान्यतया यी १६ वटै खाद्यतत्वमा कृषकहरूले ध्यान दिएका हँुदैनन् । फलस्वरूप कृषकहरूले आफूले अपेक्षा गरेअनुरूपको उत्पादन हासिल गरेका हँुदैनन् ।
विशेषतः परम्परागत तरिकाबाट गर्दै आएको कृषि प्रणालीमा गोठेमल वा कम्पोष्ट मलको प्रयोग बढी हुने हँुदा राम्रो उत्पादनसँगै माटोमा पनि खाद्यतत्वको कमी देखिँदैनथ्यो तर बढ्दो सघनता, बढी उत्पादन दिने जातको खेती गर्नु,
उन्नत कृषि प्रविधिको प्रयोग आदि कारणले गर्दा एकातिर माटोमा भएको खाद्यतत्वको भण्डार दिनानुदिन रित्तिँदै गएको छ भने अर्कातिर गोठेमलको उत्पादन र प्रयोगमा पनि कमी आइरहेको छ । तसर्थ बाली उत्पादन विगतको तुलनामा कम हँुदै गइरहेको छ ।

बिरूवाहरूको राम्रो अवस्था बनाउन कृषकहरूले आजकल रासायनिक मलको प्रयोग दिनप्रतिदिन बढाउँदै गइरहेका छन् ।
कृषि डायरी २०७६ अनुसार नेपालमा २०७३ सालमा २,५८,७७९ मे.टन मल खपत भएको थियो जुन २०७५ सालमा ३४ प्रतिशतले बृद्धि भएर ३,४८,७३४ मे.टन पुगेको छ ।
तर यसको सन्तुलित रूपमा प्रयोग नभएका कारण आशा गरिएअनुरूपको प्रतिफल प्राप्त हुन सकिरहेको छैन । तसर्थ आज हाम्रासामु सन्तुलित मलखादको प्रयोग गरी उत्पादनमा वृद्धि गर्ने र माटाको प्राङ्गारिक पदार्थ र खाद्यतत्वहरूको भण्डार घट्न नदिई माटाको उर्वराशक्तिलाई कायम राख्ने सन्दर्भमा विभिन्न चुनौतीहरू देखापर्दै आएका छन् । त्यसैले माटामा खाद्यतत्वको वृद्धिका निम्ति विभिन्न तरिकाहरू अपनाउन सकिन्छ ।
यसका निम्ति सर्वप्रथम बालीको उत्पादन स्थितिको अनुमान गरेर वा माटो परीक्षण गराई माटोको उर्वराशक्ति र उपलब्ध खाद्यतत्वहरूका बारेमा जानकारी लिनुपर्दछ ।
यसपश्चात्, आपूmले लगाउने बालीको किसिम, उत्पादन क्षमता र बालीलाई आवश्यक खाद्यतत्वको जानकारी लिइ, माटोले बालीको आवश्यकता पूरा गर्न सक्छ कि सक्दैन भनेर प्राविधिकसँग परामर्श लिनुपर्दछ ।
यदि माटोमा खाद्यतत्वको अभाव छ भने बालीको आवश्यकता पूरा गर्न आपूmसँग गोठेमल, कम्पोष्ट मल, गोबर, गोबर ग्याँसबाट निस्केको मल, पिना, हरियो मल आदि के–कति स्रोत साधन छन् विचार गर्नुपर्ने हुन्छ ।

रासायनिक मलखादको अव्यवस्थित प्रयोगको कारणले माटो विरूवा तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्दछन् । माटो आफैमा पनि एक जीवित वस्तु हो भन्दा धेरैलाई विश्वास लाग्दैन होला । तर यथार्थमा माटोमा अनगिन्ती सूक्ष्म जीव, किराहरूले आफनो जैविक प्रक्रियाहरू पूरा गरी आफ्नो जीवन चलाइरहेका भने हुन्छन् । बिरूवाका अवशेष, प्राङ्गारिक पदार्थ आदिमा आश्रित रहि जीवित रहन्छन् ।


यदि माथिका वस्तुहरूबाट पनि बालीको आवश्यकता पूरा हुँदैन भने मात्र आवश्यक मात्रामा रासायनिक मलको प्रयोग गर्नुहोस् । मलखादको प्रयोग उचित समयमा उचित तरिकाले प्रयोग गरे मात्र मलखादबाट बढीभन्दा बढी फाइदा लिन सकिन्छ ।
रासायनिक मलखादको अव्यवस्थित प्रयोगको कारणले माटो विरूवा तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने गर्दछन् । माटो आफैमा पनि एक जीवित वस्तु हो भन्दा धेरैलाई विश्वास लाग्दैन होला ।
तर यथार्थमा माटोमा अनगिन्ती सूक्ष्म जीव, किराहरूले आफनो जैविक प्रक्रियाहरू पूरा गरी आफ्नो जीवन चलाइरहेका भने हुन्छन् । बिरूवाका अवशेष, प्राङ्गारिक पदार्थ आदिमा आश्रित रहि जीवित रहन्छन् ।
माटोमा रहेका सूक्ष्म जीवहरूको जनसंख्या तथा तिनीहरूको क्रियाकलाप माटोको रासायनिक गुणजस्तै माटोको पि.एच. (अम्लीय तथा क्षारीय पना), माटोमा रहेका विभिन्न रसायन तथा खनिजहरू बीचको रासायनिक प्रतिक्रिया,
माटोमो भौतिक अवस्थाजस्तै माटोको प्रकार, घनत्व तथा माटोको जैविक गुणजस्तै सूक्ष्म जीवको प्रकार तथा संख्यामा निर्भर पर्दछ । यदि माटोका अवस्था सूक्ष्म जीवहरूको लागि प्रतिकूल भएको खण्डमा माटोको जैवीक विविधतामा समेत असर पुग्ने गर्दछ ।
असन्तुलित रासायनिक मलको प्रयोगको कारणले माटोको रासायनिक गुणमा असामान्य परिवर्तन आई खाद्यतत्वहरू उपलब्ध नहुनुका साथै विरूवाको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने कुरा वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ ।
बिरूवालाई आवश्यक पर्ने १७ खाद्य तत्वमध्ये १४ तत्वहरू विरूवाले जराको सहायताले माटोबाट नै लिने हुनाले माटोमा खाद्यतत्वको उपलब्धता सन्तुलित गर्नु अति नै आवश्यक रहन्छ ।
विरूवाको स्वास्थ्य अवश्था तथा वृद्धि विकास तथा उत्पादन माटोमा रहेको खाद्यतत्वको मात्रामा निर्भर गर्ने भएकाले बालीको अधिक उत्पादनको लागि माटोको सन्तुलित व्यवस्थापन गर्नु अति नै अपरिहार्य छ ।
तर यसको अर्थ माटोमा अधिक रासायनिक मलको प्रयोग गरेर माटोमा खाद्यतत्वको मात्रामा वृद्धि हुने र बालीको कुल उत्पादन बढ्ने भने पक्कै हैन ।
माटोमा खाद्यतत्व मात्र नभई अन्य विविध तत्वहरूले नै माटोको प्राकृतिक अवस्थाको संरक्षण गरेका हुन्छन् । नियमित खेतीको कारण माटोबाट खाद्यतत्वको मात्रा कम हुँदै जान्छ ।
विरूवाद्वारा खपत भएको खाद्यतत्वको मात्रा सन्तुलित खाद्यतत्व व्यवस्थापनको रूपमा माटोमा उपलब्ध गराउनु जरूरी हुन्छ । अन्यथा केही समयपश्चात् उर्वरमाटो मृत माटोमा परिणत हुनसक्छ ।
त्यसैले कृषि क्षेत्रको दीगो विकासको लागि माटोको दीगो तथा सन्तुलित व्यवस्थापन अति नै जरूरी छ । सकेसम्म प्राङ्गारिक मलको उचित प्रयोग गरिनु उत्तम रहन्छ ।
प्राङ्गारिक मलको प्रयोगको कारण सूक्ष्म जीवहरूको संख्यामा वृद्धि भई माटोको जैवीक गुणमा समेत सुधार आउछ । त्यस्तै रासायनिक मलको सन्तुलित प्रयोग पनि त्यति नै आवश्यक छ ।
माटोलाई आवश्यक खाद्यतत्व उपल्ब्ध हुने रासायनिक मलको प्रयोग कृषि प्राविधिकको सहायताले माटो जाँच गरी उचित मात्रामा सही तरिकाले मात्र प्रयोग गर्नुपर्दछ ।
त्यस्तै रासायनिक मलको प्रयोग मात्र नभई खेतीपातिको समयमा बर्षमा कम्तिमा एक पटक कोसेबालीको खेती गरी बाली चक्र प्रणाली अपनाउनु आवश्यक रहन्छ ।
यसरी माटोको स्वास्थ्य तथा माटोको उर्वरता संरक्षण गर्नसके बालीको उत्पादन दीर्घकालिन रूपमा नै विकास गर्न सकिन्थ्यो की ? (दुलाल स्नात्तोर कृषि अर्थशास्त्र, नेपाल जनस्वास्थ्य फाउन्डेसन भरतपुर चितवनका बरिष्ठ कृषि अधिकृत हुन् ।)

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here