- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsसंकटमा सारङ्गी

संकटमा सारङ्गी

- Advertisement -spot_img

दाङ, ३ फागुन । जतिबेला सञ्चार र प्रविधिको विकास थिएन्, त्यो समयमा गाउँ होस् या सहर जता पनि जे भएपनि सुख, दुःखका घटनालाई गीतमार्फत सन्देश दिन घर–घर पुग्थे सुशील दुखी ।
सारङ्गीका धुनसँगै सुख, दुःखका सन्देशलाई गीत बनाई घरको आँगनीमा टुसुक्क बसेर सुनाउँदा गीत सुन्नेको भिड निकै हुन्थ्यो । सुखका भन्दा पनि दुःखका सन्देश बढी गीतमा समेटिने भएका कारण पनि उनले नामको पछाडी गन्धर्वको ठाउँमा दुखी जोडे ।
उमेरले पाँच दशक बढी भइरहेका सुशील भन्छन्– ‘त्यो समयमा गीत गाउँदै नगदभन्दा पनि अन्नपातहरू बढी पाइन्थ्यो, अहिले त नगद पाइन्छ ।’
सारङ्गीको धुन सुन्ने पुस्ता जति थियो, धुन सुनाउने पुस्ता उस्तै थियो उनी भन्छन्– ‘फरक यत्ति हो, उहिले धुन सुनाउने र सुन्ने पुस्ताको कमि थिएन्, तर अहिले सुन्ने पुस्ताको कमि छैन्, त सुनाउने पुस्ता कमि हुँदै गएको छ, जसले गर्दा सारङ्गी बनाउने पेशा संकटमा पर्न थालेको छ ।
तुलसीपुर उपमहानगर–पालिका–४ रक्षाचौरमा बस्दै आएका सुशील नयाँ पुस्ताले सारङ्गी बजाउने पेशा सिक्न हिचकिचाउँदा पुरानो पुस्ताले मात्रै कतिञ्जेल बजाउने सारङ्गी ? उनले प्रश्न गरे ।
‘समाज र अन्य समुदायले सारङ्गी बजाउने पेशालाई सम्मान गर्ने वातावरण नहुँदा पनि नयाँ पुस्ताले सारङ्गी बजाउने इच्छा देखाउने गरेका छैनन्, बजाउने मान्छे नै नभएपछि सारङ्गी बाजाको धुन संकटमा पर्ने त त्यसै भै’गो ।
सोही ठाउँकै चक्रबहादुर गन्धर्वले पनि बाबुबाजेको पेशालाई निरन्तरता दिएका छन् तर उनका छोराछोरी भने सारङ्गी बजाउन जान्दैन् । ‘मैले त सारङ्गीको धुनबाटै गुजारा चलाएँ, तर पछिल्लो पुस्ताले सारङ्गी बजाउन लाज मान्ने गरेका कारण सारङ्गी बजाउने घट्दै छन्,
उनले भने– ‘सारङ्गी बजाउन युवा पुस्तामा बजाउने तालिम सञ्चालन गरिनुपर्छ ।’ सारङ्गी बाजा बजाउने पुस्ताको कमि हुँदै जाँदा सारङ्गी लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षणमा लागेका गन्धर्व समुदायले बताएका छन् ।
सारङ्गी बाजाको संरक्षणका लागि बाजा निर्माणमा लागेका तुलसीपुर–४ रक्षाचौरका गन्धर्व समुदायले बजाउने व्यक्ति कमि हुँदा निर्माण गरेका बाजाको कमि रहेको बताएका छन् ।
सारङ्गी सुन्ने पुस्ताको कमि नआए पनि बजाउने पुस्ताको कमि आएको गन्धर्व सारङ्गी उत्पादन समूहका अध्यक्ष गणेश गन्धर्वले बताए ।
‘ सारङ्गी बजाउने पुस्ता नहुँदा निर्माण गरिएका सारङ्गीले बजार पाउन सकेका छैनन्, सारङ्गी बनाउनेभन्दा पनि बजाउँदा आम्दानी राम्रो हुन्छ’ उनले भने– ‘एउटा सारङ्गी बनाउन ३/४ दिन लाग्छ, बेच्दा ४ हजारदेखि ६ हजार एउटा सारङ्गीबाट आम्दानी हुन्छ,
तर सारङ्गी बजाउन घर–घरमा पुगेपछि ३/४ हजार एकै दिनमा हुन्छ’ उनले भने– ‘शिक्षित समाजले सारङ्गी बजाउन जाँदा पहिलेको पुस्ताभन्दा राम्रै सम्मान दिन्छन्, सारङ्गीको धुन सुन्ने पुस्ता बढेको जस्तो पनि लाग्छ, तर बजाउने पुस्ताले चासो देखाउन सकेका छैनन् ।
समाजमा अपहेलित हुने डरले नयाँ पुस्ताले सारङ्गी बजाउने चासो नदेखाएका कारण सारङ्गीको व्यवसायसमेत कम हुने गरेको उनले बताए । ‘समाज पहिलेको जस्तो छैन्, सारङ्गी बजाउने पेशालाई सम्मानकै रूपमा हेर्ने गरेका छन्’ उनले भने–‘नयाँ पुस्ता आफै लाज मानेर सिक्ने चासो नै गरेका छैनन् ।’
उनीहरूले सरकारले सारङ्गी बाजाको संरक्षणमा चासो नदिएको समेत गुनासो गरेका छन् । बाजाको राजाको रूपमा रहेका सारङ्गी बजाउने पुस्ता बढाउनका लागि सरकारले सारङ्गी बाजा बजाउने तालिमको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
उनले सारङ्गी बाजाको महत्व पछिल्लो पुस्तामा बुझाउन गर्न एक विद्यालय एक सारङ्गी कार्यक्रम लागू गर्नका लागि प्रयास भइरहेको समेत बताए ।
‘विद्यालयस्तरबाटै मादलजस्तै सारङ्गी बाजाको महत्व बुझाउँनुछ, त्यसका लागि केही विद्यालयमा पनि सारङ्गी बाजा राखेर विद्यार्थीलाई महत्व बुझाउने प्रयाससमेत भइरहेको छ’ उनले भने–
‘अब दाङका सबै विद्यालयमा कम्तिमा पनि एउटा सारङ्गी पु¥याउनुपर्छ भनेर लागेका छौँ । रक्षाचौरमा करिब १० जना मिलेर अहिले सारङ्गी बाजा निर्माण गरिरहेका छन् ।
विद्यालयस्तरमै सारङ्गी बाजाको बारेमा विद्यार्थीमा सचेतना दिन सकेपनि सारङ्गीको संरक्षणमा थप टेवा पुग्ने बाजाको संरक्षणका लागिरहेका टेकबहादुर गन्धर्वले बताए । उनले सारङ्गी बजाउन गन्धर्व समुदायमात्र नभई अन्य समुदायका युवा पुस्ताले पनि बजाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।
‘सारङ्गी गन्धर्व समुदायको पुख्र्यौली सम्पत्ति हो, सारङ्गी बाजाको संरक्षणका लागि हामीहरू लागिरहेका छौँ’ उनले भने–‘यो अभियानमा सरकारको साथ पनि आवश्यक छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here