- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsगोरखा माविमा खेल सप्ताह

गोरखा माविमा खेल सप्ताह

- Advertisement -spot_img

तुलसीपुर, ३ फागुन । गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा माविले तुलसीपुरले खेल सप्ताह सञ्चालन गरेको छ । खेल सप्ताहको शुक्रबार समापन गरिएको हो ।
गोरखा शिक्षा र खेलकुदमा जिल्लामै अब्बल रूपमा प्रस्तुत हँुदै आएको छ । भर्खरै सम्पन्न नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डसमेत गोरखाले नै जितेको छ । गोरखाले विद्यार्थी, अभिभावक, शिक्षकहरूबीच विभिन्न खेलकुद प्रतियोगिता गराएको छ ।
विद्यालयले एथलेटिक्सतर्फका ट्रयाक तथा फिल्ड, म्याराथन दौड, छात्र फुटबल, क्रिकेट, स्लोबाइक रेस र जुनियर लेवलतर्फका विभिन्न विधामा प्रथम, दोस्रो र तृतीय स्थान हासिल गर्ने छात्रछात्रालाई पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गरी खेल सप्ताहको समापन गरेको हो ।
गोरखा गु्रपका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा डाँगीले देशको समृद्धि नै अब खेलकुद क्षेत्रले निर्धारण गर्ने बताए । स्वास्थ्य र समृद्धिको सूचक खेलकुद भएको भन्दै उनले यसको विकासमा कन्जुस्याई गर्न नहुने बताए । उनले शिक्षा र खेलकुद क्षेत्रमा गोरखा मावि अब्बल रहेको भन्दै विद्यालयको प्रशंसासमेत गरे ।
कार्यक्रममा विद्यालयका सल्लाहाकार तथा राप्ती बबई क्याम्पस सञ्चालन समितिका अध्यक्ष विष्णुकुमार देवकोटा, १९ नं बाहिनीका मेजर युवराज खत्री, ईलाका प्रहरी कार्यालयका डिएसपी हरिहरनाथ योगी, साहित्यकार तथा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश नं. ३ का प्रदेश प्रमुख जयन्ती सत्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका उपाध्यक्ष डोर बहादुर जिसीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कमल भण्डारीले गरेका थिए ।
गारेखाले प्रत्येक वर्ष खेलकुद सप्ताह गर्दै आएको छ । विद्यार्थीहरूको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले खेलकुद सप्ताह सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल विजयमान जिएमले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here