- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरएक क्रान्तिकारी योद्धा

एक क्रान्तिकारी योद्धा

- Advertisement -spot_img

दीपा धिताल

माइली अर्थात् माइलाको जीवनसाथी सरीता । माइला र सरीताको विहे एकबर्ष अगाडि मात्र देशको शान्ति परिवर्तन र सुशासनको लागि युद्धमा हिड्दाहिड्दै, प्रेममा परेपछि जीवनमा मर्नुपरे यो देश र जनताको लागि लड्ने र संघर्ष गरेर मर्ने प्रतिवद्धताका साथ विनास्वार्थ जीवनसाथीका रूपमा बाँधिएका हुन् । गरिब परिवारमा जन्मेको माइलाको वास्तविक नाम भने हेमप्रसाद शर्मा हो ।
सानै बाट निकै विद्रोही स्वभाव बोकेको हेमप्रसाद इमान्दार र मायालु पनि थियो । माध्यमिकस्तरको पढाइ सकिएपछि हेमप्रसादकी आमाले छोरोलाई जेनतेन गरेर उच्च शिक्षाको लागि शहर पठाएकी थिइन् ।
हेमप्रसादका बाले भने पटक्कै मानेका थिएनन् किनकी उनी चाहन्थे छोरो अब विदेश जाओस् धेरै धनसम्पत्ति कमाओस् । घरघडेरी जोडोस् । तर हेमप्रसादकी आमा गरिब भएपनि छोरोलाई पढाएर यो देशको लागि केही गरोस् भन्ने चाहन्थिन ।
उनलाई धन सम्पत्तिको केही लोभ र मोह थिएन सामान्य तरिकाले जिन्दगी चले हुन्छ भन्ने उनको सोंच अनि विचार थियो ।
हेमप्रसादले उच्च शिक्षा पढ्न पाउनु भनेको आमाकै जिद्दीले थियो । हेमप्रसाद पढाइमा निकै तेज ब्यक्ति थियो र विद्रोही पनि । उसलाई कसैले गरेको अन्याय अत्याचार मन पर्दैन थियो छिट्टै प्रतिकार गरिहाल्थ्यो ।
त्यतिबेला देशमा युद्ध चलिरहेको थियो । त्यो युद्धमा एकाअर्काका विद्रोही पक्ष मात्र हैन सोझासिधा गरिब, निमुखा जनताहरू पनि मारिएका थिए । आमा, दिदीबहिनी, भाउजूहरू शासक सरकार पक्षबाट बलात्कृत भइरहेका थिए । आफ्नै आँगन पनि सुरक्षित थिएन । बाटो, गाउँ, शहर, वन जंगलको त झन कुरै नगरौं ।
बिहान घरबाट पढ्न गएको छोरो, गोठालो जंगल गएकी छोरीचेली, खेताला गएका बा साँझ घर फर्कन्छ्न् या फर्कदैनन् कुनै ठेगान थिएन । कोही त कयौं दिनसम्म बेपत्तै हुन्थे जंगलमा बेवारिसे लासहरू भेटिन्थे ।
हेमप्रसाद यो सब भद्रगोल परिस्थिति सहन नसकेर सोझासिधा गरिब निमुखा जनताहरूको मुक्तिका लागि आफ्नो ज्यान दाउमा राखेर युद्धमा होमिएको थियो ।
नौ महिनासम्म गर्भमा राखेर जन्मदिने माइलाको (हेमप्रसाद) ममताकी आमाको छातीमा आज छोराको चिता जलिरहेको छ । आमा त्यही छोराको चितामा बलिरहेकी छन्  । मनमा भने ज्वालामुखीका कणहरू यत्रतत्र उछिट्टिरहेका छन् । शरीरमा आगो दन्किरहेको छ । फिलिङ्गाहरूको रापले पूरै शरीर ध्वस्त पार्ला झै भैरहेको छ ।
यतिबेला कति पीडाको रापले माइलाकी आमाको हृदय छियाँ–छियाँ पारिरहेको होला ? म साेंच्न पनि सक्दिन । आज माइलाको आमाको आँखाबाट आँसु होइन आक्रोश खसिरहेको छ ।
म पनि यो बेला पूरै निःशब्द छु । के गरौं ? के भन्यौं ? कुन नारा लगाएर कमरेड माइलाको लास बोकेर हत्याराहरूको खोजीमा हिड्याँै ?
उफ ! एउटा देशको लागि लड्ने जिउँदो योद्धाको मृत्यु यसरी पनि हुनसक्छ ? मेरो आँखाबाट पनि आक्रोसका फिलिङ्गाहरू खस्न थाल्छन्  ।
यति बर्षसम्म घरपरिवार, आफ्नो ज्यान पनि नभनेर गरिबी निमुखाहरूको लागि हतियार उठायो, दबिएकाहरूको लागि मुक्तिको आवाज उठाएएर गरेको क्रान्ति आखिर कसको लागि ?

यो देशको लागि लड्नेहरू आखिर किन बाँच्न पाउँदैनन् यहाँ ? यो देश कसको हो लुटेरा शासकहरूको ? ए यो देशका शासकहरू हो ! आउ अब मलाई पनि लुट, पिएर जाउ मेरो यो यौवन रगत अनि परेड खेल । जसरी पियौं मेरो कमरेड माइलाको रगत । यो धर्तीको माटो मुछिएको रगतले एकदिन तिमीजस्ता देशद्रोही दानवहरूलाई खोज्दै आउने छन् ।


देश र जनताको लागि लड्ने देशभक्तिहरू नै यो देशका देशद्रोहीको हातबाट मारिनुपर्ने ? उफ ! यो देशले आज फेरि देशद्रोहीहरूको हातबाट एउटा परिवर्तनकारी, क्रान्तिकारी सच्चा देशभक्त योद्धा गुमाएको छ ।
यो देशको लागि लड्नेहरू आखिर किन बाँच्न पाउँदैनन् यहाँ ? यो देश कसको हो लुटेरा शासकहरूको ? ए यो देशका शासकहरू हो ! आउ अब मलाई पनि लुट, पिएर जाउ मेरो यो यौवन रगत अनि परेड खेल  ।
जसरी पियौं मेरो कमरेड माइलाको रगत । यो धर्तीको माटो मुछिएको रगतले एकदिन तिमीजस्ता देशद्रोही दानवहरूलाई खोज्दै आउने छन् ! तिमी जस्ता शासकहरूको शिर क्षदण गरेर यो देशलाई नै बलि चढाउने छन् ! भन्दै सडकको पेटीमा बेस्सरी टाउको बजार्न लाग्छिन माइलीले ।
यसैक्रममा एक समयमा साझ पर्न आटिसकेको छ । बाहिर चुक घोप्टिएझै अँध्यारो हुँदैछ । साथै हाँडीको कालो झँै केही अनुहार पनि देखिन्छन् । वरिपरि घरहरूमा एकाएक गर्दै बत्तीहरू पनि समसाँझै निभ्न थाल्छन्,
दैला र झ्यालहरू ड्यामडुम गर्दै थुनिन लाग्छन् तर्सिएर सातोपुत्लो उडेका अनुहारहरू अँध्यारोमा बेपत्ता भइरहेका हुन्छन् । हत्याराहरू झन–झन कसैले देख्ला झैँ गरेर टाढातिर भागिरहेका छन् ।
गोलीको आवाज ड्याङ–ड्याङ–ड्याङ… सुनिन्छ ! एक्कासी चलिरहेको चिसो सिरेटो रोकिदिएको जस्तो लाग्छ । बारूदको गन्ध आफ्नै नाकतिर तेर्सिएर आउन थाल्छ ।
हावामा सासै निस्सासिने बारूदको गन्ध बग्न थाल्छ । माइली (सरीता ) सडकको पेटीमा टाउको मात्र बजार्छिन डाँको छोडेर रून सक्दै सक्दैनिन् उनी  ।
यता आमालाई त्यसपछि केही थाहा हुँदैन । बेहोस हुन्छिन अँध्यारो बाक्लो अँध्यारोले घेर्न थाल्छ उनका आँखाहरू । अहिले आमाको विलापको स्वर पनि बन्द भइसकेको छ ।
बहिनीहरू क्वाँ–क्वाँ… गर्दै रून थाल्छन् । समय निकै स्तब्ध छ । नजिकै कमरेड माइलाको लास बेवारिसेझैँ ढलिरहेको छ त्यस दृश्यले सबैको मन अरठिन्छ । कोही केही बोल्न सक्दैनन् । बोल्ने आँट पनि गर्दैनन् ।
कमरेड माइलो (हेमप्रसाद) आमालाई आज फेरि पिरले सँगसँगै एकै ठाउँमा लाएर हुत्याइदिएको छ । समीकरणको त्यस हिसाबलाई समयको हातले हुत्याइदिएको छ  । दुब्लो कालो अनुहार आँसुमा डुबेको जस्तो देखिन्छ आमाको तर आँसु भने झर्न सकेका छैनन् आँखाबाट ।
वरिपरिका पर्खाल भत्किसकेका छन् आफ्नो छातीमा टाँसेर राखेको सन्तान हो । ऊ सानो छँदा पनि झुठो कुरा गरेर फकाउन सकिदैन्थ्यो माइलालाई ।
बुझाएर भनेमा उसले मानिहाल्थ्यो । गरिब र दरिद्र आमा बाबुको सन्तान माइलोले आफ्नो सुरक्षित र निर्दिष्ट जीवनलाई लत्याई दिएको थियो ।
आफ्नो जीवनको क्रान्ति बिर्सिएर, आफ्नै घर परदेश बनाएर, आफ्नो जिन्दगी नै दानमा दिएर देशको लागि मात्र हिडेर बेमाइनीको दुई पैसा पनि घर ल्याएको थिएन माइलाले तर आज तिनै बेइमानीहरूको जालमा प¥यो कमरेड माइलो ।
देशको क्रान्तिको लागि कमरेड माइलोको हत्या भएको आज बर्षौ भैसक्यो ।
हिजोका हत्याराहरू आज मुकुण्डो फेरेर नयाँ मुकुण्डो भिरेर निस्फिक्रीसँग घुमिरहेका हुन्छन् । माइलाको (हेमप्रसाद) हत्यारा पत्ता लगाएर छाड्छौं भनेर सरकार आश्वासनका खोक्रा खोस्टाहरू बाँडिरहन्छ ।
आमा भने यो देशमा न्याय पनि पाइदैन त ? भनेर सोधिरहन्छिन् उनी त एउटी साहसिक आमा मात्र पो हुन् । जुन हजारौं हजार मुटुहरूलाई यस्तो प्रश्नले चिथोर्दै म¥याङ्ग म¥याङ्ग चपाइरहेको छ, तिनीहरू त आमा मात्र पो हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here