- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsजनप्रतिनिधि र शिक्षकलाई इजिआरपी ज्ञान

जनप्रतिनिधि र शिक्षकलाई इजिआरपी ज्ञान

- Advertisement -spot_img

दंगीशरण, ३ फागुन । दंगीशरण गाउँपालिकाका जनप्रतिनीधि र शिक्षा सम्बद्ध पदाधिकारीले विद्यार्थीहरूलाई कसरी शिक्षण गराउने भन्ने विषयमा ज्ञान लिए ।
कक्षामा सिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन शिक्षकले ध्यान दिनुपर्ने कुराहरूका बारेमा शिक्षकहरूले निष्कर्ष निकाले छन् ।
कार्यक्रममा समूह बनाई निष्कर्ष निकालेका शिक्षकहरू प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको शिक्षण ढाँचा अनुसार तालिममा सिकेका कुराहरू धेरै नै शिक्षण विधिमा प्रयोग भएको, बालबालिकाहरूको मनोभावना अनुसार शिक्षण गरेको पाइएको छ ।
९० मिनेटको समय लिएको, बालमैत्री बसाई अनुसार पठनपाठन गराएको, स्थानीय सामग्री पर्याप्त मात्रामा भएको, विद्यार्थीको उमेरगत कक्षागत विद्यार्थी भएको, पढाइ कुनाको व्यवस्था रहेको,
कक्षाकोठा छापामय भएको, विद्यालय अनुगमन र सल्लाह, सुझाव अभिलेख राख्ने गरेको उनीहरूले चार्ट विधिमार्फत देखाए ।
प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको निरन्तरताबाट बालबालिकालाई विद्यालयमा नियमित गराउन, अभिभावकहरूको पढाइप्रति हेर्ने दृष्टिकोणमा सुधार ल्याउन विद्यार्थी सिकाइ उपलब्धिमा सुधार ल्याउन, विद्यालय, अभिभावकबीच सम्बन्ध स्थापित गर्न, सन्दर्भ सामग्रीको प्रयोग गर्न सहयोग पु¥याएको बारे जानकारीसमेत दिए ।
यस्तै शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शीर्षकलाई पुनर्ताजकी तालिम दिनुपर्ने, अन्य निकायबाट अनुगमन गर्नुपर्ने, प्रधानाध्यापकबाट कक्षा अवलोकन गरी विषय शिक्षकलाई पृष्ठपोषण दिनुपर्ने लगायतका कुराहरूबारे छलफल गरेका थिए ।

यस्तै सहभागी शिक्षक तथा जनप्रतिनिधिहरूले व्यवस्थापन कार्यविधि संरचना, शिक्षकको जिम्मेवारी, प्रधानाध्यापक, इञ्चार्जको जिम्मेवारी, स्थानीय शिक्षा शाखा, शिक्षा विकास तथा सम्बद्ध इकाई प्रमुख तथा शिक्षा तालिम केन्द्रका कार्यहरूलगायतका विषयमा पनि छलफलमार्फत ज्ञान लिए ।
कार्यक्रममा उपस्थित शिक्षकहरूले शिक्षण सिकाइ क्रियाकलापमा प्रयोगमा आउने सामग्री शिक्षक निर्देशिका किताब, अभ्यास पुस्तिका, पिन ह्वील चार्ट, झ्यालेपत्ति, ठूलो किताव, नेपाली वर्णमाला,
वर्णपत्ती, शब्दपत्ती, नेपाली बाह्रखरी, बालगीत चार्ट, ताखाखाजा, सन्दर्भ सामग्रीका बारेमा समेत जानकारी लिए । स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षासम्बद्ध पदाधिकारीहरूका लागि तीनदिन भएको क्षमता विकास कार्यशालामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका बारेमा ज्ञान लिने र दिने विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले स्थानीय पालिकाको समग्र शैक्षिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।
जसमा बालविकास केन्द्र तथा पूर्वप्राथमिक विद्यालय २३ वटा, प्राथमिक तह ६ वटा, आधारभूत तह १ देखि ८ सम्मका ५ वटा, माध्यमिक तह २ वटा, माध्यमिक तह १ देखि १२ सम्म सञ्चालित २ वटा, सामुदायिक सिकाइ केन्द्र २ वटा, प्राविधिक धार भएका विद्यालय १ वटा रहेक छन् ।
यस्तै गाउँपालिकामा प्राविमा ५०, निमावि मा १३, माविमा ११ जना शिक्षक दरबन्दीमा रहेको जानकारी दिए । बालविकासमा ३ सय ८३ विधार्थी, १ देखि ५ कक्षासम्म १ हार १३, ६ देखि ८ सम्म ७ सय ४९, ९ देखि १० सम्म ६ सय ६२ र ११ देखि १२ कक्षामा २ सय ४ विद्यार्थी गरी जम्मा २ हजार ९ सय ७५ जना विद्यार्थीहरू रहेका छन् ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख अधिकारीले गाउँपालिकाले ल्याएको शिक्षा क्षेत्रका कार्यक्रमहरू, असल अभ्यास र उपलब्धिहरू, भावी योजना तथा रणनीतिहरू, समस्या समाधानका लागि गरिएका प्रयासहरू, शिक्षा क्षेत्रका समस्या तथा चुनौतीहरूका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दाङका देवमणि चौधरीले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको परिचय, रणनीतिहरू, कार्यक्रम तथा उपलब्धिहरू लगायतका विषयमा जानकारी गराएका थिए ।
यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा प्रमुख चक्रबहादुर भण्डारीले स्थानीय पालिकाको शिक्षा पाश्र्वचित्रको ढाँचा तथा तयारी प्रक्रिया, स्थानीय तहमा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणलीबाट प्राप्त तथ्यांक तथा सिकाइ उपलब्धिको नतिजा विश्लेषण तथा उपयोगका बारेका जानकारी गराएका थिए ।
प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका कार्यक्रम अधिकृत पुरूषोत्तम गिरीले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको परिचय, ब्यवस्थापन र कक्षाकोठामा यसको प्रयोग, शिक्षक पेशागत सहयोग निर्देशिकाको परिचय तथा छलफल,
शिक्षक पेशागत सहयोग रणनीतिहरू तथा तिनको सस्ंथागत समायोजनलगायतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा दंगीशरण गाउँपालिकाले जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीहरूको तीन दिने क्षमता विकास कार्यशाला पछि विविध विषयमा कार्ययोजना समेत तयार पारेको छ ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा भएको भएको कार्यक्रममा अध्यक्ष चौधरीले शिक्षालाई प्राथमिकता दिएर गाउँपालिका अगाडि बढेको भन्दै अबका दिनमा शिक्षक र अभिभावक सुधारमा र गाउँपालिका आर्थिक रूपमा अगाडि बढे थोरै समयमा शिक्षा सुधार हुने बताए ।
यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले अझै पनि विद्यालयले शिक्षण सामग्री प्रयोगमा नल्याई अध्यापन गराईरहेको भन्दै भोलिको नतिजामा कस्तो आउँला भन्नेतर्फ ध्यान दिनुपर्ने बताईन् ।
यस्तै गाउँपालिकाका प्रवक्ता वीरबहादुर वलीले प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू नगरेरै विद्यालय सञ्चालनमा रहेकाले विद्यालयले राम्रो नतिजा नल्याएको बताए । योजनाबद्ध ढंगले अगाडि बढेमा सामुदायीक विद्यालयको भविष्य राम्रो हुने उनको भनाइ थियो ।
कार्यक्रमको उद्देश्यमाथि कल्लु चौधरीले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विनोद अधिकारीले गरेका थिए । कार्यक्रममा दंगीशरण गाउँपालिकाका सामुदायीक विद्यालयका प्रधानाध्यापक, शिक्षक, र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here