- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरउपवासबाट उपचार

उपवासबाट उपचार

- Advertisement -spot_img

श्रीराम दहित

सुव्यवस्थित रूपमा शरीर विज्ञान सञ्चालन गर्न हामी शारीरिक तथा मानसिक रूपमा स्वास्थ रहन जरूरी छ । हरेक देशमा साप्ताहिक सार्वजनिक बिदाको व्यवस्था सरकारले गर्नुको उद्देश्य पनि त्यहीँ देखिन्छ थकित शरीर तथा मनलाई उजाशील बनाउन विश्रामको जरूरी रहेको हुन्छ
। मानव शरीर तथा मनले थकान महसुस गरेझैं शरीरका आन्तरिक अङ्गहरू पनि थाक्नु स्वभाविक हो । शरीर विज्ञानको पाचनतन्त्रलाई भोजन चिकित्सकका अनुसार कमसे कम सातामा एकदिन विश्राम अथवा उपवासको अत्यावश्यक पर्दछ ।
जुन हाम्रा सनातन संस्कार अन्तर्गत बार विशेष एकादशी, पूर्णिमा, चाडपर्वमा गरिने (व्रत) उपवासलाई आधुनिक विज्ञानले हाम्रा ऋषि परम्परालाई उपचार पद्धति बनाएको छ । अर्बुद (क्यान्सर) जस्तो असाध्य रोगको उपचारसमेत उपवासको माध्यम बनाएका छन् ।
पाचन प्रणालीका अङ्गहरूबाट निष्कासन हुने रसायन तत्वहरू नियमित अत्यधिक प्रयोग भइरहँदा निर्माण र प्रयोगमा सन्तुलन आउन पर्ने चिकित्सकहरूको भनाइ छ ।
जसका लागि उपवास (व्रत) मात्र एक विकल्प बताइन्छ । कब्जियत हुनु अधिकांश रोगको कारण हो भने जुन जल उपवासले मात्र उपचार गर्न सकिन्छ ।
पाचनतन्त्रले रक्तको रूप प्रदान गरी शरीर सञ्चालन गर्दछ । आयुर्वेदको मतानुसार हरेक उमेर समूहले उपवास (व्रत) गर्न जरूरी छ भने बृद्ध अवस्थाका लागि यो अत्यावश्यक छ किनभने पाचन प्रणाली कमजोर भइसकेको हुन्छ । नियमित विधिपूर्वक उपवास (व्रत) गर्दा शक्ति ह्रास हुने होइन शक्ति सञ्चित हुने विभिन्न अनुसन्धानले पुष्ठी गरी सकेको छ ।
उपवासको नाममा विकृति देखिँदा यसको व्यवहारिकता र महत्व घट्दै गएको छ । उपवास भन्दै स्वादिष्ट गरिष्ट भोजन प्रयोगले उपवासबाट उपचार होइन बिरामी भएकोदेखि रहदा ऋषि परम्परालाई अन्धविश्वास कुरितीको रूपमा हेर्ने दृष्टिकोण बदलिनु जरूरी छ ।
उपवास त्यो हो जुन व्यवहारिक रूपमा प्रयोग गरियोस् । पानी शरीरको तौल अनुसार ३ देखि ५ लिटर पिउने तथा स्थानीयरूपमा प्राप्त हुनसक्ने सागपात रेसादार फलफूल बिहान १२ बजेपश्चात् मात्र लिन सकिन्छ ।
उपवासहरूमा भोजनलाई मात्र उपवासको रूपमा हेरिनु शास्त्र ग्रन्थ विपरीत विश्लेषण गरिएको मानिन्छ । हामीले लगाउने कपडा, बोल्ने भाषा, अरूसँग गर्ने व्यवहार, पेशा पारिवारिक र सामाजिक दायित्वसमेतलाई उपवास (व्रत) को रूपमा यदि नित्य नियमित व्यक्तिगत जीवनमा लागू ग¥यौँ भने स्वयम्मा उपचार भई रहेको हुनेछ ।
आचारणजन्य भ्रष्टाचारमुक्त शारीरिक तथा मानसिक रूपमा स्वस्थ र सभ्य सुसंस्कारसहितको समाज हामीले देख्न पाउने छौँ । हाम्रो उपचार उपवासको माध्यम बनाउने हो भने बिहान ४ बजे जागरणदेखि ९ बजे राति सयनको नियमित समय तालिकाअनुसार जीवन जिउँदा शारीरिक तथा मानसिक रूपमा स्फुर्ती प्राप्त हुन्छ ।
त्यसैले अपेक्षित रूपमा स्वास्थ जीवन बिताउन उपवास उपचार विधि मानिएको हो । चिकित्सकहरूको सल्लाह रहन्छ ‘रोगीलाई भोकै राखेर तपाईं रोगलाई भोकले मार्न सक्नु हुनेछ ।
’ दसकौंदेखि उपवास चिकित्सा विधि वर्तमानमा समेत लोकप्रिय हुँदै गएको छ । विभिन्न खोज अनुसन्धानले ८० प्रतिशत रोगको उपचार उपवास विधि प्रयोग भएको खाद्य विशेषज्ञले स्विकार्दै आएका छन् ।
आत्मबललाई संसारमा सबैभन्दा ठूलो बलको रूपमा लिइन्छ । भोजनका बारेमा जान्नु पर्ने केही शूत्रहरू निम्न रहेका छन् । आमाशयमा ३३ प्रतिशत ठोस, ३३ प्रतिशत अर्धतरल तथा ३३ प्रतिशत खाली हावाका लागि छोड्नु पर्छ ।
निश्चित समयमा भोजन ग्रहण । भोजन ग्रहणको समयमा मानसिक रूपमा तत्पर रहनु मौसम अनुसारको भोजन ग्रहण । २० देखि ३० मिनेट समय लगाइ भोजन ग्रहण गर्ने ।
दिउँसोको भोजनपश्चात् विश्राम तथा बेलुकाको भोजनपश्चात् १५ देखि २० मिनेट हिड्नुपर्छ । सात्विक शाकाहारी भोजन ग्रहण गर्नुपर्छ । साप्ताहिक रूपमा उपवास आइतबार वा बिहीबार अनिवार्य गर्नुपर्ने हुन्छ ।
आहार पवित्र हुनाले अन्तस्करणको सुद्धिबाट विवेकमा प्रखरता आउँछ । अभक्ष्य भोजनको त्यागले चित्त शुद्ध हुन्छ । जब चित्त हुन्छ तब ग्रन्थीहरूले सकारात्मक कार्य गर्दछन् । उपवासबाट उपचार गर्न चाहना राख्नु हुन्छ भने आफैसँग प्रश्न गर्नुस् । के मैले कडा भोक लागे मात्र भोजन गरू ?
आधा पेटभन्दा बढी भोजन गरेको छैन ? के मैले उपवास गर्ने गरेको छु ? हाँस्ने बानी बिर्सिएँ कि ? आदि प्रश्न । रोगले भन्दा बढी चिन्ताले हामी कमजोर हुन्छाँै । सम्पूर्ण रोगहरूको सर्वसुलभ सफल औषधि हो माटो, पानी, घाम, हावा र उपवासको नियमित प्रयोग ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here