- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsराप्ती लाईफमा एटिएम सेवा

राप्ती लाईफमा एटिएम सेवा

- Advertisement -spot_img

तुलसीपुर, ३ फागुन । दाङको तुलसीपुरमा रहेको राप्ती लाईफ केयर हस्पिटलले एटिएम सेवा शुरू गरेको छ । यो सेवा शुरू भएसँगै अब हस्पिटलबाटै एटिएमबाट पैसा निकालेर उपचार गर्न सकिने छ ।
ग्राहकको सहजताका लागि हस्पिटलबाटै एटिएम सेवा शुरू गरेको हस्पिटलका प्रबन्धक जीवन भण्डारीले बताए । ‘हस्पिटलमा बिरामीका लागि पैसा अपुग भएमा एटिएमबाटै पैसा झिक्न सकिन्छ’ उनले भने ‘यो सेवा शुरू भएपछि ग्राहकलाई सहज हुनेछ ।’
जुनसुकै बैंकको एटिएम कार्डबाट पैसा झिक्न सकिने उनले बताए । नबिल बैंकसँग सहकार्य गरेर एटिएम सेवा शुरू गरेको भएपनि जुनसुकै बैंकको एटिएम कार्ड राखेर पैसा निकाल्न सकिने उनको भनाइ छ ।
साथै हस्पिटलले ‘फोन पे’ सेवा पनि सुरू गरेको छ । योसँगै हस्पिटलले अब मोबाइलबाटै पनि हस्पिटलको बिल भुक्तानी गर्न सकिनेछ । प्रविधिको विकाससँगै हस्पिटललाई प्रविधिमैत्री बनाएको उनको भनाइ छ । फागुन महिनाको सुरूवातसँगै हस्पिटलले यी दुईवटै सेवा शुरू गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here