- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeखेलकुददोस्रो डिभाईन इन्टरस्कुल टि–२० क्रिकेट हुने

दोस्रो डिभाईन इन्टरस्कुल टि–२० क्रिकेट हुने

- Advertisement -spot_img

तुलसीपुर, ३ फागुन । दाङमा दोस्रो डिभाईन इन्टरस्कुल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । डिभाईन टेम्पल एकाडेमी तुलसीपुरको आयोजनामा अरनिको मैदान तुलसीपुरमा सञ्चालन हुने प्रतियोगिता यही फागुन ८ गतेदेखि हुनेछ ।
पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको डिभाईनले विद्यालयस्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नवप्रतिभाहरूलाई क्रिकेट खेलमा स्थापित गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताएको छ ।
प्रतियोगिताको बिजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
प्रतियोगितामा पश्चिम दाङ अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयका १२ टिमको सहभागिता रहने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सम्मिलित विद्यालयको टिम दर्ता गर्नसक्ने प्रावधान राखिएको र खेल लिग कम नकाउटका आधारमा खेलाइने आयोजक विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेले जानकारी दिए ।
अन्तिम टिम दर्ता मिति फागुन ६ गतेसम्म राखेको विद्यालयले टिम दर्ता, आर्थिक र प्राविधिकलगायतका तयारीलाई तिब्र पारेको जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here