- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsगुणस्तरीय शिक्षामा ग्रीनटप

गुणस्तरीय शिक्षामा ग्रीनटप

- Advertisement -spot_img

तुलसीपुर, ३ फागुन । तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको ग्रिनटप बोडिङ स्कुलले आफ्नो दशौँ वार्षिकोत्सव मनाएको छ । स्थानीय अगुवाहरूको सक्रियतामा २०६६ सालमा तुलसीपुर–३ दमारगाउँमा स्थापना भएको ग्रिनटप दश वर्षसम्म आइपुग्दा अभिभावक, समुदाय र बालबालिकाको मन जित्न सफल भएको छ ।
सञ्चालन समितिका अध्यक्ष झरेन्द्र खरेलको अध्यक्षतामा तथा वडा अध्यक्ष वीरबहादुर विकको प्रमुख आतिथ्यता एवं नेशनल प्याब्सनका जिल्ला अध्यक्ष विमल गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
वार्षिकोत्सवको अवसरमा बोल्ने वक्ताहरूले ग्रिनटप वोडिङले गुणस्तरीय शिक्षा दिदै आएको भन्दै, अबका वर्षमा अझ थप प्रभावकारी बनाउनेमा विश्वास ब्यक्त गरेका थिए ।
ग्रामीण क्षेत्रमा स्थापना भएको विद्यालयले पनि छोटो समयमा नै सोचेभन्दा राम्रो गरेको गुणस्तरीय, संस्कारी शिक्षा दिइरहेको बताए ।
बालबालिकाको वृद्धि विकासका लागि विद्यालयले भन्दा अभिभावकहरूले बढी ध्यान दिनुपर्ने उनीहरूले बताए । विद्यालय त बच्चो लागि लागिरहने तर अभिभावकहरूले चासो नदिएमा सोंचेजस्तो बालबालिका अघि बढ्न नसक्ने वक्ताहरूले बताएका थिए ।
कार्यक्रममा नेसनल प्याब्सनका कोषाध्यक्ष हरिप्रसाद भण्डारी, सञ्चालक गुरूप्रसाद तिवारी, प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराई, सम्झना सामुदायिक वनका सचिव ललिता केसी,
पत्रकार तथा अभिभावक दोर्ण केसी, पुस्तक व्यवसायी थमन केसीलगायतले बोलेका थिए । कार्यक्रममा कक्षा ७ की छात्रा झरणा केसीले स्वागत गरेकी थिइन । उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here