Friday, March 29, 2024
Homebreaking-newsआफ्नै भवनमा ईलाका प्रशासनको सेवा

आफ्नै भवनमा ईलाका प्रशासनको सेवा

- Advertisement -spot_img

तुलसीपुर, २ फागुन । ईलाका प्रशासन कार्यालय तुलसीपुरले अढाई दशकपछि आफ्नै भवनबाट सेवा दिन शुरू गरेको छ । कार्यालयले राप्ती प्रादेशिक अस्पतालदेखि उत्तरतर्फ रहेको आफ्नै नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरेको हो । २०५१ सालमा स्थापना भएको ईलाका प्रशासन कार्यालय भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो ।
कार्यालयले तुलसीपुर–९ स्थित दोघरेमा मासिक १५ हजार भाडा खर्चदै सेवा प्रदान गरिरहेको थियो । कार्यालयको नयाँ भवन निर्माण भएसँगै त्यो समस्याको अन्त्य भएको छ ।
कार्यालयको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सेवाग्राहीहरूलाई अझै थप सेवा सुविधा दिन नयाँ भवनको शुभारम्भ गरिएको बताए ।
उनले नागरिकमैत्री संरचना निर्माण गर्नसके गुणस्तरीय रूपमा सेवा दिन सकिने पनि बताए । ‘नयाँ भवनको सबै काम पूरा भएको छ’ उनले भने– ‘बाँकी रहेको पार्किङ र पर्खाल निर्माण गर्ने कामको भने टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ, एक महिनाभित्र त्यो काम पनि सम्पन्न गर्नेछौँ ।’
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ईलाका प्रशासन कार्यालयले आफ्नो सेवा प्रभावकारी बनाउन जनतासँग जोडिएर काम गर्नुपर्नेमा जोड दिए ।
अहिले तीनै तहका सरकारहरूले जनतालाई शिघ्र सेवा, तिब्ररूपमा दिन लागि परिरहेको बताउँदै पाण्डेले सेवाग्राहीको मन जितेर काम गर्न आग्रह गरे ।
ईलाका प्रशासन कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले भवन निमार्णका लागि २ करोड ९५ लाख ५४ हजार ६ सय ७ रूपैयाँ लागत अनुमान गरिएको भएपनि २ करोड ५८ लाख ९१ हजार १ सय ३० रूपैयाँमा निर्माण सम्पन्न भएको बताए ।
‘२०७४ असार २५ गतेको सम्झौतामा २०७६ असार मसान्तमा निर्माण पूरा गर्ने गरी निर्माण सेवाले कामको जिम्मा लिएको भएपनि ३ महिना म्याद थपेर गत असोज २० गते काम पूरा गरेको हो’ उनले भने–‘नवनिर्मित भवनमा कार्यालय प्रमुख क्वार्टरसहित १६ वटा कोठा छन्, कार्यालयको ६ सय ७७ दशमलव २६ वर्ग किलोमिटर कुल क्षेत्रफल रहेको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here