- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरहोलेरीमा राष्ट्रिय मिडिया सम्मेलन सुरू

होलेरीमा राष्ट्रिय मिडिया सम्मेलन सुरू

- Advertisement -spot_img

रोल्पा, २ फागुन । रोल्पाको होलेरीमा राष्ट्रिय मिडिया सम्मेलन सुरू भएको छ । तत्कालिन नेकपा माओवादीले जनयुद्ध शुरूवात गरेको उद्गमस्थल होलेरीलाई राष्ट्रियस्तरमा चिनाउन राष्ट्रिय मिडिया सम्मेलन गरिएको हो ।
रून्टीगढी गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा फागुन १ र २ गते मिडिया सम्मेलन गरेको हो । द्वन्द्वपछि शान्ति, विकास र समृद्धिमा लाग्नुपर्ने भन्दै रून्टीगढीले मिडिया सम्मेलन गरेको जनाएको छ ।
फागुन १ गते तत्कालीन नेकपा माओवादीले रोल्पाको होलरीको रहेको प्रहरी चौकी आक्रमण गर्दै जनयुद्धको सुरूवात गरेको थियो । माओवादीले जनयुद्धको उद्मथलो बनाएको होलेरीमा हरेक बर्ष राष्ट्रियस्तरको कार्यक्रम हुँदै आएका छन् ।
सम्मेलनको अवसरमा होलरीमा निर्माण गरिएको शान्ति स्मारकको उद्घाटन गरिएको छ । स्मारकको उद्घाटन उर्जामन्त्री बर्षमान पुनले गरेका हुन् ।
स्मारकको उद्घाटन गर्दै उर्जामन्त्री पुनले राज्य व्यवस्था परिवर्तनमा रोल्पाली जनताले धेरै संघर्ष गरेको बताए । ‘तत्कालिन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा रोल्पाली जनताले धेरै दुःख भोग्नुप¥यो, जनयुद्ध शुरूवात गरेको उद्गमस्थल नै यही हो’ उनले भने–
‘दश वर्षसम्म सास्ती पाएका नागरिकले अब आर्थिक तथा सामाजिक रूपमा परिवर्तन चाहेका छन् ।’ दशवर्षे जनयुद्धका कारण नै मुुलुकमा परिवर्तन आएको स्मरण गर्दै मन्त्री पुनले नागरिकले अब शान्ति र विकास चाहेको बताए ।
‘राज्य व्यवस्था परिवर्तनका लागि जनयुद्ध आवश्यक छैन्, जनयुद्धमा रोल्पाले मानवीय तथा भौतिक क्षति व्यहोर्नुप¥यो’ उनले भने– ‘शान्ति र विकासका लागि सरकार अघि बढिसकेको छ ।’
उनले राष्ट्रिय मिडिया सम्मेलनले ओझेलमा परेका पर्यटन क्षेत्रलाई प्रचार–प्रसार गर्न मद्दत गर्ने बताए । ‘राष्ट्रिय मिडिया सम्मेलनले नै रोल्पाको पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने छ’ उनले भने–
‘रोल्पाको विकासका लागि देशभरीका पत्रकार कलम चलाउनुपर्छ ।’ रोल्पाको होलेरी राजनीति, धार्मिक र पर्यटकीय तथा ऐतिहासिक हिसाबले सुन्दर रहेको र गढीलेकमा महाप्रभुले तपस्या गरेको कारण रोल्पा देशको चिनारीका रूपमा रहेको जिकिर गरे ।
होलेरीको विभिन्न पर्यटकीय क्षेत्रहरूलाई संरक्षण र प्रवद्र्धन गर्नसके पर्यटनमा विकास गर्न पुनको भनाइ छ । अहिले रोल्पा सडक मार्गमा जोडिए पनि दुर्गम रहेको बताउँदै दशवर्षे जनयुद्धले परिवर्तन ल्याएको बताए ।
होलेरीमा ६० लाखको लागतमा स्मारक निर्माण गरिएको छ । मिडिया सम्मेलनमा आज शुक्रबार स्थानीय र केन्द्रीय पत्रकारितामाथि बहस गर्ने कार्यक्रम रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here