- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरकृषिमा लगानी प्राथमिकतामा राख्नुपर्ने

कृषिमा लगानी प्राथमिकतामा राख्नुपर्ने

- Advertisement -spot_img

तुलसीपुर, २ फागुन । कृषि व्यवसायलाई फराकिलो बनाउन स्थानीय सरकारले साना लगानीलाई पनि प्राथमिकतामा राख्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । सरकारले ठूला लगानीका किसानलाई मात्रै अनुदानलगायत कार्यक्रममा समेट्ने गरेको भन्दै उनीहरूले साना कृषकहरू समस्यामा परेको बताएका हुन् ।
खाद्य अधिकारका लागि स्थानीय सरकारको कृषि अनुदान विषयक इन्सेकले बुधबार तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी किसानले स्थानीय सरकारले साना लगानीका किसानलाई पनि अनुदान लगायतका कार्यक्रममा समेट्नु पर्नेमा जोड दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ कन्जुवारका काँसीराम गिरीले कम्तिमा १० कठ्ठा जग्गामा खेती गर्ने किसान पनि सरकारले दिने कृषि अनुदानका कार्यक्रममा समेट्नुपर्ने बताए ।
उनले दश कठ्ठा जमिनमा पनि किसानले व्यवसायीक रूपमा कृषि खेती गर्न सक्ने भन्दै स्थानीय सरकारले साना किसानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
यस्तै तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर १३ बखरियाका नवराज रावतले सरकारले सहयोग गरेमा जैविक तरकारी खेतीका लागि आफूहरू तयार भएको बताए । उनले अर्गानिक तरकारी थाहा पाउने कुनै संयन्त्र नहुँदा आफूहरू अझै पनि अर्गानिक खेतीतर्फ आकर्षित हुन नसकेको बताए ।
मानवअधिकार समूह तुलसीपुर तथा तुलसीपुर उपमहानगरको कृषि शाखाको सहकार्यमा कार्यक्रम भएको हो । अन्तरक्रियामा तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक माधव वलीले कृषि नै आर्थिक विकासको पहिलो आधार भएको बताए ।
उनले कृषि उत्पादनलाई बढाउन किसानले व्यवसायीक कृषि गर्नुपर्ने भन्दै स्थानीय सरकारले व्यवसायीक किसानलाई क्रमश सरकारी कार्यक्रममा समेट्दै जाने बताए ।
कृषि शाखाका निमित्त प्रमुख कुलराज चौधरीले कृषिलाई व्यवसायीकरणका लागि किसानलाई सामूहिक कृषि खेती अंगाल्न आग्रह गरे । स्थानीय सरकारले साना लगानीलाई पनि सरकारी अनुदान लगायतका कार्यक्रममा समेट्न तयार रहेको उनको भनाइ छ ।
मानवअधिकार समूह तुलसीपुरका अध्यक्ष दोलखबहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण इन्सेकका सहजकर्ता विनोद केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here