- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरसमाजवादीको संगठन विस्तार

समाजवादीको संगठन विस्तार

- Advertisement -spot_img

तुलसीपुर, २ फागुन । समाजवादी पार्टी दाङले संगठन विस्तारलाई तिब्रता दिएको छ । पार्टीले विभिन्न गाउँ तथा टोल–टोलमा आफ्नो संगठनलाई विस्तार गर्दै लगेको हो । यसैक्रममा पार्टीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा बुधबार वडा समिति गठन गरेको छ ।
भेलाले जयप्रकाश रानाको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ईश्वरी परियार, सचिवमा पुष्पा घले, कोषाध्यक्षमा मीरा रसाइली, चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रमेश विक, खिमा भुसाल, तारा राना, हरिकला विक र शिवा विक रहेका छन् ।
समाजवादी पार्टी दाङका उपाध्यक्ष मोहनसिंह वलीको अध्यक्षता एवं प्रदेश सदस्य तथा केन्द्रीय सदस्य हरि रिजालको प्रमुख आतिथ्यता एवं जिल्ला सहइञ्चार्ज टोपबहादुर महतारा, प्रदेश सदस्य सुरेन्द्रपकाश चन्दको विशिष्ठ आतिथ्यतामा वडा समिति गठन गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले समाजवादी पार्टीले सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशमा राजनीति सही ढंगबाट सञ्चालन हुन नसकेको भन्दै समाजवादी पार्टी स्वच्छ समाज सेवा गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here