- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसक्सेसमा निःशुल्क आँखा जाँच शिविर

सक्सेसमा निःशुल्क आँखा जाँच शिविर

- Advertisement -spot_img

तुलसीपुर, २ फागुन । तुलसीपुरमा रहेको सप्तरंगी इङ्लिस मिडियम स्कुल सक्सेस एकाडेमीमा निःशुल्क आँखा जाँच शिविर भएको छ । शिविरमा १० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।
विद्यालयले १३औँ वार्षिकोत्सवको अवसरमा गरेको निःशुल्क आँखा स्वास्थ्य शिविरमा ६ सय ५२ को आँखा जाँच गरिएको छ । शिविरमा १० जनामा दृष्टिदोष देखिएकाले चश्मा वितरण गरिएको हो ।
राप्ती आँखा अस्पताल रक्षाचौरको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको एकदिने आँखा स्वास्थ्य शिविरमा आँखा पोल्ने, बिजाउनेलगायतका समस्या देखिएको थियो । समस्या देखिएका विद्यार्थीलाई निःशुल्क औषधि वितरण गरिएको विद्यालयका प्रिन्सिपल छविकुमार वलीले बताए ।
शिविरमा राप्ती आँखा अस्पतालमा बाह्य कार्यक्रम संयोजक विष्णु खनाल, नेत्र सहायक शान्ता रेग्मी, मानबहादुर वली, गोविन्दजंग शाह, निर्मला चौधरीलगायतको समूहले आँखा जाँच गरेको विद्यालयका भाइसप्रिन्सिपल प्रदिप वलीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here