- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबर‘मेरो शक्ति’ उत्कृष्ट १० लाई सम्मान

‘मेरो शक्ति’ उत्कृष्ट १० लाई सम्मान

- Advertisement -spot_img

तुलसीपुर, २ फागुन । सुआहारा कार्यक्रमअन्तर्गत नेपालभर सञ्चालन गरिएको ‘मेरो शक्ति’ कार्यक्रमका १० उत्कृष्ट प्रतिस्पर्धीहरूलाई बिहीबार सम्मान गरिएको छ । सुहारा साझेदार संस्थाहरूको आयोजनामा सम्मान तथा उत्कृष्ट दशको प्रमाण पत्र दिइएको हो ।
किशोरकिशोरी, महिला, युवायुवतीका क्षेत्रमा योगदान दिने शक्ति समेटिएको आफूभित्र रहेको प्रतिभालाई बढाउने विश्वास आत्मवल, क्षमता सम्भावना बोकेको विषयमा रहेर दुई महिना अघि अनलाईनमार्फत प्रतिस्पर्धा गराइएको थियो । जसमा दाङकी संगीता वली उत्कृष्ट १० मा परेकी छन् ।
उनलाई सुआहारा र बेसले तुलसीपुरमा प्रमाणपत्र प्रदान गरेको छ । बेसका प्रशासन संयोजक लोकजन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मेरो शक्ति अभियानको बारेमा सुआहाराका पर्वत ढकालले जानकारी गराएका थिए ।
कार्यक्रममा सुहाराका सुपरभाइजर कल्पना चौधरी, प्रतियोगी संगीता वलीलगायतले बोलेका थिए । कार्यक्रम संयोजक पिङ्की डाँगीले सहजीकरण गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here